काठमाडौं। २० निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको बैशाखमसान्तसम्ममा ३१ अर्ब भन्दा बढीको बीमाशुल्क आर्जन गरेका छन्।
बीमा समितिले सार्वजनिक गरेको चालु आर्थिक बर्षको १० महिनाको वित्तीय विवरणमा २० कम्पनीहरुले ३१ अर्ब १९ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका हुन्। बैशाखमा महिनामामात्र कम्पनीहरुले २ अर्ब ५२ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेका थिए ।
समितिका अनुसार चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स रहेको छ । कम्पनीले ४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। बैशाख महिनामा मात्र कम्पनीको ४२ करोड २ लाख रुपैयाँको बीमा शुल्क थियो।
दोस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्स छ । कम्पनीले चालु आर्थिक बर्षको १० महिनामा २ अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले बैशाख महिनामात्र १६ करोड ६७ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको थियो ।
तेस्रो स्थानमा नेको इन्स्योरेन्स छ । कम्पनीले सोही अवधिमा २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीको बैशाख महिनामामा करिब १७ करोड ५४ लाख रुपैयाँ बीमा शुल्क थियो ।
धेरै बीमा शुल्क आर्जन गर्नेमा चौथो स्थानमा सिद्धार्थ इन्स्योरेन्स रहेको छ। कम्पनीले २ अर्ब ७ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । चालु आर्थिक वर्षको बैशाखमहिनामा मात्र कम्पनीले १६ करोड २० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
साथै, चालु आर्थिक बर्षको १० महिनामा सबैभन्दा कम बीमा शुल्क आर्जन नेशनल लाइफले गरेको छ। कम्पनीले ७४ करोड ५४ लाख रुपैयाँको बीमा शुल्क आर्जन गरेको समितिले जनाएको छ ।
२० निर्जीवन बीमा कम्पनीहरुले आर्जन गरेका कुल बीमा शुल्क
बीमा कम्पनी | बैशाख महिनासम्मको बीमा शुल्क (लाखमा) |
शिखर इन्स्योरेन्स | 41318.3 |
सगरमाथा इन्स्योरेन्स | 25960.42 |
नेको इन्स्योरेन्स | 24147.46 |
सिद्धार्थ इन्स्योरेन्स | 20740.7 |
एनएलजी इन्स्योरेन्स | 19341.66 |
प्रिमियर इन्स्योरेन्स | 17385.77 |
हिमालयन जनरल | 15152.86 |
राष्ट्रिय बीमा कम्पनी | 14818.34 |
आईमई जनरल | 13778.79 |
अजोड इन्स्योरेन्स | 13384.97 |
नेपाल इनस्योरेन्स | 12890.76 |
युनाइटेड इन्स्योरेन्स | 12825.33 |
लुम्बिनी इन्स्योरेन्स | 12667.27 |
प्रभु इन्स्योरेन्स | 11769.33 |
दि ओरियन्टल | 11351.91 |
प्रुडेन्सियल इन्स्योरेन्स | 10869.8 |
एभरेष्ट इन्स्योरेन्स | 10420.99 |
सानिमा इन्स्योरेन्स | 8092.68 |
जनरल इन्स्योरेन्स | 7598.95 |
नेशनल इन्स्योरेन्स | 7454.92 |
जम्मा रकम | 311971.21 |