बुधबार प्रि-ओपनिङमा ४० हजारको कारोबार, चार कम्पनीमध्ये महालक्ष्मी बैंकको सेयर मूल्य वृद्धि

बिजमाण्डू
२०७९ जेठ १८ गते १२:०४ | Jun 1, 2022
बुधबार प्रि-ओपनिङमा ४० हजारको कारोबार, चार कम्पनीमध्ये महालक्ष्मी बैंकको सेयर मूल्य वृद्धि

काठमाडौं । बुधबार प्रि-ओपनिङ सेसनमा नेप्से सामान्य बढेको छ। यस अवधिमा नेप्से ०.१४ अंकले बढ्दा परिसूचक २ हजार १३८.०६ बिन्दुमा पुगेको छ। 

Tata
GBIME
Nepal Life

यस अवधिमा कारोबारमा आएका ४ कम्पनीमध्ये महालक्ष्मी विकास बैंकको सेयर मूल्य बढेको छ। साढे १० देखि पौने ११ बजेसम्मको १५ मिनेट समय अवधिमा चार कम्पनी कारोबारमा आए।

कारोबारमा आएका कम्पनीहरुको १२५ कित्ता सेयर ५ पटक किनबेच हुँदा ४० हजार ७२७ रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीमध्ये दुईवटाको सेयर मूल्य स्थर छ भने बाँकी एउटाको मूल्य बढेको र एउटाको घटेको छ।