आगामी आर्थिक वर्षको आर्थिक वृद्धि लक्ष्य ८ प्रतिशत, मूल्यवृद्धि दर सात प्रतिशतमा सीमित गरिने

बिजमाण्डू
२०७९ जेठ १५ गते १८:५५ | May 29, 2022

काठमाडौं। सरकारले आगामी बर्षको आर्थिक वृद्धि लक्ष्य ८ प्रतिशत राखेको छ। चालु बर्ष सात प्रतिशतको लक्ष्य राखेपनि ६ प्रतिशतभन्दा कम हाँसिल भएको छ।

Tata
GBIME
Nepal Life

अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा बजेट सार्वजनिक गर्दै आगामी बर्ष मूल्यवृद्धि सात प्रतिशतमा सीमित राख्ने घोषणा गरेका छन्। चालु बर्ष साढे ६ प्रतिशतको लक्ष्य राखिएपनि त्योभन्दा माथि पुगिसकेको छ।

ब्यापार घाटा तीब्र भएर बिदेशी मुद्राको सञ्चिति क्षयीकरण भइरहेको सन्दर्भमा बैंकिङ ऋण ठप्प छ। क्षमताभन्दा निक्कै ठूलो बजेट आएका कारण खर्च गर्ने र त्यसको स्रोतको जोहो निक्कै कठिन छ।

त्यसमाथि पेट्रोलियम पदार्थको मूल्य कतिसम्म माथि जाने निश्चित छैन। यस्तोम उच्च आर्थिक वृद्धि र सात प्रतिशतमा मूल्य वृद्धि राख्ने लक्ष्य अवास्तविक देखिन्छ।