नेपाली बजार भित्रियो सेतो बाघ भोड्का, १८०, ३७५ र ७५० मिलि आकारमा भोड्का उपलब्ध

बिजमाण्डू
२०७९ जेठ १५ गते १६:१८ | May 29, 2022
नेपाली बजार भित्रियो सेतो बाघ भोड्का, १८०, ३७५ र ७५० मिलि आकारमा भोड्का उपलब्ध



काठमाडौं। नेचुरल स्पिरिट्स नेपालले सेतो बाघ ब्राण्डको भोड्का नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले यसअघि सारङ्गी ब्राण्डको ह्वीस्की बिक्री गर्दै आएको छ। 

Tata
GBIME
NLIC

बजारमा उपलब्ध भैरहेका अन्य भोड्काहरु भन्दा भिन्न तर उत्कृष्ट स्वादको यो भोड्का अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप तयार पारिएको कम्पनीले जनाएको छ। 

‘हामी मदिरा उत्पादन बिक्री वितरण सँगसँगै सामाजिक उत्तरदायित्व प्रति पनि त्यत्तिकै जिम्मेवार छौं। हामी देशमा भएका बाघहरुको संरक्षणमा समेत चासो राखी राम्रो सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गर्दछौं। यो भोड्काको आगमनले भोड्का प्रेमीहरुको बढ्दो चाहनाको पूर्ति गर्नेमा हामी पूर्ण विश्वस्त छौं। हामीलाई निकट भविष्यमा अरु ब्राण्डका ह्वीस्की, रम र बियर पनि बजारमा ल्याउने हौसला प्रदान गरेको छ,’ कम्पनीका अध्यक्ष अशिम सिटौलाले भने। 

यस भोड्कामा हिमालको झरनाबाट बगेको चिसो, स्वच्छ पानी र युरोपबाट आयातित प्रमुख कच्चा पदार्थहरुको मिश्रण रहेको कम्पनीले जनाएको छ। 

हरियो खुर्सानी, जुनिपर र एन्जेलिकाको बीजहरु भोड्कामा स्पष्ट पाउन सकिने दाबी कम्पनीको छ। सेतो बाघ १८० मिलि, ३७५ मिलि र ७५० मिलिमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।