आदर्श लघुवित्त र राप्ती हाइड्रोले पायो आइपीओ अनुमति, ३० करोड रुपैयाँ बराबरको सेयर थपिने

बिजमाण्डू
२०७९ जेठ ११ गते १०:४९ | May 25, 2022
आदर्श लघुवित्त र राप्ती हाइड्रोले पायो आइपीओ अनुमति, ३० करोड रुपैयाँ बराबरको सेयर थपिने


काठमाडौं। दुई कम्पनीको ३० करोडभन्दा बढी रकम बराबरको साधारण सेयर निष्कासन (आईपीओ) बजारमा छिटै आउने तयारीमा छ।

Tata
GBIME
NLIC

आदर्श लघुवित्त वित्तीय संस्था र राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन ३० करोड ८ लाख ४१ हजार रुपैयाँ बराबरको ३० लाख ८ हजार ४१० कित्ता आईपीओ आउने भएको हो। यसका लागि दुवैलाई नेपाल धितोपत्र बोर्डले मंगलबार अनुमति दिएको छ।

आदर्श लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गर्ने छ। लघुवित्तले चुक्ता पुँजीको ३२.३७ प्रतिशत आईपीओ जारी गर्न लागेको हो। लघुवित्तको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट छ।

राप्ती हाइड्रोले पनि केही समयमै चुक्ता पूँजीको ४८ प्रतिशत आईपीओ जारी गर्ने छ। कम्पनीले बोर्डबाट २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएको हो।
निष्काशन अनुमति पाएको कम्पनीले केही समयमै प्रति कित्ता सय रुपैयाँ अंकित मूल्यमा नै आईपीओ जारी गर्ने छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधरणका लागि आईपीओ जारी गर्ने छ। कम्पनीको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ।