
काठमाडौं। फोन पेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन्। दासलाई फोन पेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरेका छन्।
दास यसअघि कोकाकोलामा आबद्ध थिए। कोकाकोलामा १२ वर्ष भन्दा लामो समय एरिया सेल्स् म्यानेजर, कोल्ड ड्रिंस् इक्विपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर, ट्रेड मार्केटिङ हेडलगायतको भूमिकामा रहेको फोन पेले जनाएको छ।
फोन पेमा दास बिजनेस डेभलपमेन्टका साथै मर्चेन्ट एक्टिभेसन लगायत बजार प्रवर्द्नको काममा सक्रिय हुने बताइएको छ।
फोन पेमा हाल करिब ६ लाख मर्चेन्ट रहेको कम्पनीले जनाएको छ। छन्। बैंक तथा वित्तीय संस्था, भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ प्रयोगकर्ताले फोन पेमार्फत कारोबार गर्दै आएका छन्।
फोनपे नेटवर्कमा हाल ६० वटा बैंक तथा वित्तीय संस्था तथा भुक्तानी प्रणाली संचालक आबद्ध रहेको कम्पनीले जनाएको छ।