
काठमाडौं। सेञ्चुरी कर्मिर्सयल बैंक लिमिटेडले रिक्त भएको ९ महिनापछि प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। बैंकले मनोज न्यौपानेलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो।
तुलनीराम गौतममा असार २० गते राजीनामा गरेपछि न्यौपानेलाई बैंकले कामु प्रमुख कार्यकारीको जिम्मेवारी दिएको थियो। योबीचमा मर्जरलगायतका कारण देखाउँदै पूर्ण जिम्मेवारी दिएको थिएन।
न्यौपानेले बैशाख २ गतेबाट प्रमुख कार्यकारीको जिम्मेवारी सम्हाल्ने छन्। न्यौपाने २०७४ बाट सेञ्चुरी बैंकमा प्रवेश गरेका हुन्।
उनी दुई बर्ष बैंकको सहायक कार्यकारी प्रबन्धक पदमा थिए। उनले लक्ष्मी बैंकबाट बैंकिङ करियर सुरु गरेका हुन्।
हिमालयन बैंक तथा सनराईज बैंकमा पनि काम गरेको अनुभव उनीसँग छ। उनीसँग करिव १९ बर्षको बैंकिङ अनुभव छ। काठमाडौं विश्व विद्यालयबाट वाणिज्यशास्त्रमा स्नातकोत्तर छन्।