कार्यकाल सकिन बाँकी छँदै मेगा बैंकको सीइओबाट राजीनामा गरिन् खुँञ्जेलीले, किन आयो राजीनामा?

बिजमाण्डू
२०७८ चैत्र २५ गते ०९:०१ | Apr 8, 2022
कार्यकाल सकिन बाँकी छँदै मेगा बैंकको सीइओबाट राजीनामा गरिन् खुँञ्जेलीले, किन आयो राजीनामा?


काठमाडौं। मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अनुपमा खुँञ्जेलीले राजीनामा गरेकी छन्। कार्यकाल सकिन केही दिन बाँकी छँदा उनले राजीनामा गरेकी हुन्।

Tata
GBIME
NLIC

उनले चार वर्ष बैंकलाई हाँकेर दोब्बर ठूलो बनाएकी छन्। स्रोतका अनुसार, अर्को कार्यकाल उनलाई सञ्चालक समितिले जिम्मेवारी दिन्छ भन्ने विश्वास थियो। तर सञ्चालक समितिले नवीकरण नगर्ने संकेत गरेपछि उनले राजीनामा गरेकी हुन्।

२०७४ चैत ३० मा उनी प्रमुख कार्यकारी भएकी थिइन्। आउँदो २९ गते उनको कार्यकाल सकिँदै थियो। त्यसअघि नै उनले राजीनामा गरेकी हुन्। उनको नेतृत्वमा गण्डकी विकास बैंक गाभेर सफल व्यवस्थापन गरिएको थियो।

उनी निजी क्षेत्रको वाणिज्य बैंकको पहिलो महिला प्रमुख कार्यकारी पनि हुन्। उनले तत्कालीन ग्रिण्डलेज हुँदै स्ट्यान्डर्ड चार्टर्ड, नबिलमा पनि काम गरेकी थिइन्।