यो साता नेप्से : परिसूचक घट्यो २.६५ प्रतिशतले, लगानीकर्ताले एक अर्ब रुपैयाँ गुमाए

बिजमाण्डू
२०७८ चैत्र १९ गते १०:०४ | Apr 2, 2022
यो साता नेप्से : परिसूचक घट्यो २.६५ प्रतिशतले, लगानीकर्ताले एक अर्ब रुपैयाँ गुमाए

काठमाडौं। यो साता नेप्से परिसूचक साढे २.६५ प्रतिशत घटेको छ। गएको साता २६१३.६७ को विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिनमा आइपुग्दा २५४४.३० विन्दुसम्म आर्लिएको छ। सातामा परिसूचकले ६९.३७ अंक गुमाएको छ। 

Tata
GBIME
Nepal Life

'क' वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि यो साता १३.४७ अंकले घटेको छ। गत साताको तुलनामा सेन्सेटिभ परिसूचक २.७५ प्रतिशत घटेर ४७५.४७ को विन्दुमा कायम छ। 

मार्केट घट्दा यो साता लगानीकर्ताको पुँजी पनि साढे २ प्रतिशत अधिकले घट्यो। साताको अन्तिम कारोबार दिनसम्म आइपुग्दा लगानीकर्ताले ९३ अर्ब ३२ करोड ५३ लाख रुपैयाँ गुमाए। यो साता बिहीबारको कारोबार पछि कुल बजार पुँजीकरण ३६ खर्ब १२ अर्ब २७ करोड ३४ लाख रुपैयाँमा सीमित छ। गत साताको अन्तिम कारोबारपछि कुल बजार पुँजीकरण ३७ खर्ब ५ अर्ब ५९ करोड ८८ लाख रुपैयाँ थियो। 

परिसूचक घट्दा यो अधिकांश उपसमूह पनि सँगै घटे। वित्त उपसमूहमा सर्वाधिक ५.४९ प्रतिशतको गिरावट देखिएको छ। त्यसैगरी अन्य उपसमूह ४.४८ प्रतिशत घट्दा विकास बैंक ४.४४ प्रतिशत घट्यो।

पुँजी वृद्धिको आधिकारिक निर्णय भए तापनि सातामा जीवन बीमा उपसमूह ४.२० प्रतिशत घटेको छ। निर्जीवन बीमा उपसमूहले भने सबैभन्दा कम मात्र ०.३५ प्रतिशत गुमायो। सातामा ३ प्रतिशत अधिक गुमाउने व्यापार र उत्पादन तथा प्रशोधन उपसमूह पनि हुन्। 

परिसूचक घटे तापनि कारोबार रकम र कारोबार मात्रा दुवै यो साता बढेको छ। यो साता कुल १३ अर्ब ४२ करोड ५७ लाख रुपैयाँ बराबरको २ करोड ६० लाख ६१ हजार कित्ता सेयर किनबेच भए। यो साता कारोबार रकममा ५.८७ प्रतिशतको बढोत्तरी देखियो। कारोबार मात्रा पनि ८.१८ प्रतिशत बढेको छ। 

सातामा औसत २ अर्ब ६८ करोड ५१ लाख रुपैयाँ बराबरका ५२ लाख १२ हजार कित्ता खरिद बिक्री भए। अघिल्लो साता कारोबार रकम १२ अर्ब ६८ करोड १५ लाख रुपैयाँमा सीमित थियो। सो साता कुल २ करोड ४० लाख ९० हजार कित्ता कारोबारमा आएका थिए। 

कारोबार रकमका आधारमा यो साता अपि पावर शीर्ष स्थानमा रह्यो। अपि पावरको यो साता ४७ करोड ४० लाख रुपैयाँको कारोबार भयो। जीवन विकास लघुवित्तको पनि यो साता ३५ करोड ९६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। शिवम् सिमेन्ट्सको सातामा ३३ करोड ४ लाख रुपैयाँको कारोबार हुँदा एभरेष्ट इन्स्योरेन्सको ३२ करोड ६५ लाख रुपैयाँ र सिद्धार्थ इन्स्योरेन्सको ३२ करोड १३ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको छ। 

सातामा सर्वाधिक कमाउने राष्ट्रिय उत्थान लघुवित्त र इमर्जिङ नेपालका लगानीकर्ता हुन्। यी दुवैको सेयर मूल्य यो साता ६१.०६ प्रतिशत बढेको छ। युनाइटेड इदि मर्दि आरबी हाइड्रोपावरका लगानीकर्ताले पनि १३.७६ प्रतिशतका दरले कमाए। साढे १२ प्रतिशतका दरले कमाउने जाल्पा सामुदायीक लघुवित्तका लगानीकर्ता पनि हुन्। 

सानिमा जनरल इन्स्योरेन्स र जीवन विकास लघुवित्तका लगानीकर्ताले पनि साढे ६ प्रतिशत अधिकका दरले कमाए। यो साता साढे ४ प्रतिशतका दरले कमाउने जनरल इन्स्योरेन्स, राष्ट्रिय बीमा कम्पनी र प्रभु लाइफका लगानीकर्ता पनि हुन्।  

यो साता सर्वाधिक गुमाउने अपि पावरका लगानीकर्ता भए। कारोबार रकमका आधारमा यो साता अपि पावर शीर्ष स्थानमा रहे तापनि अपि पावरको सेयर मूल्य सातामा २६.७७ प्रतिशत घटेको छ। आरम्भ चौतारीको सेयर मूल्य पनि १९.३९  प्रतिशत घट्यो। 

१२ प्रतिशत अधिक गुमाउने प्रभु इन्स्योरेन्स र साल्ट ट्रेडिङका लगानीकर्ता हुन्। नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले यो साता ११.६३ प्रतिशतका दरले गुमाए। मन्जुश्री फाइनान्सको सेयर मूल्य पनि १०.१९ प्रतिशत घट्यो।   

'फ्लोर सिट' अध्यन गर्दा ब्रोकरहरुले यो साता सबैभन्दा बढी खरिद गरेको प्रभु इन्स्योरेन्सको संस्थापक सेयर हो। ब्रोकरहरुले यो साता प्रभु इन्स्योरेन्सको संस्थापक तर्फको २६ करोड २५ लाख रुपैयाँ बराबरको ५ लाख ८२ हजार कित्ता किनेका छन्।  एभरेष्ट इन्स्योरेन्सको पनि १७ करोड १७ लाख रुपैयाँ बराबरको २ लाख ६७ हजार कित्ता खरिद भएको छ। १६ करोड २४ लाख रुपैयाँको ३ लाख ९० हजार कित्ता अपि पावरको सेयर पनि खरिद भएको छ। ब्रोकरहरुले यो साता सिद्धार्थ इन्स्योरेन्स र नेपाल दूरसञ्चारको पनि १६/१६ करोड रुपैयाँ अधिकको सेयर खरिद गरेका छन्।  

ब्रोकरहरुबाट यो साता सबैभन्दा बढी बिक्री भएको कम्पनी एभरेष्ट इन्स्योरेन्स हो। ४ लाख ४९ हजार कित्ता बराबरको २९ करोड १० लाख रुपैयाँ बिक्री भएको परिणाम हो।  प्रभु इन्स्योरेन्सको संस्थापक सेयर पनि २६ करोड २५ लाख रुपैयाँको ५ लाख ८२ हजार कित्ता बिक्री भयो। १९ करोड ८७ लाख रुपैयाँको ४ लाख ६१ हजार कित्ता अपि पावर पनि बिक्री भएको छ।