रिभर फल्स पावरले आयोजना प्रभावित बासिन्दाहरुको लागि चैत २७ गते आईपीओ निष्कासन गर्ने

बिजमाण्डू
२०७८ चैत्र १८ गते ०९:२० | Apr 1, 2022
रिभर फल्स पावरले आयोजना प्रभावित बासिन्दाहरुको लागि चैत २७ गते आईपीओ निष्कासन गर्ने

काठमाडौं। रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित क्षेत्र संखुवासभा जिल्लाका बासिन्दाहरुको लागि आगामी चैत २७ गते आईपीओ निष्कासन गर्ने भएको छ।

Tata
GBIME

कम्पनीले १०० रुपैयाँ अंकित दरले जारी पुँजी ७० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ७ लाख कित्ता साधार‌ण सेयर आयोजना प्रभावित क्षेत्रमा लागि निष्कासन गर्नेछ। नेपाल धितोपत्र बोर्डले रिभर फल्स पावर लिमिटेडले भने चैत १० गते आईपीओ निष्कासनको अनुमति दिएको हो।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयरमा लागि आवेदन दिन सकिनेछ।आईपीओमा आवेदन दिने अन्तिम दिन बैशाख ११ गते हो। सो अवधिमा प्रयाप्त आवेदन नपरे निष्कासन मिति बैशाख २६ गतेसम्म लम्बाइने कम्पनीले जनाएको छ।

कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकको कार्यका लागि प्रभु क्यापिटललाइ नियुक्त्त गरेको छ।

कम्पनीले  प्रवर्धन गरिरहेको पिलुवा खोला जलविद्युत आयोजनाको जडित क्षमता १०.३० मेगा वाट रहेको छ।