प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त, बुधबारबाटै कार्यभार सम्हाले

बिजमाण्डू
२०७८ चैत्र १६ गते २१:२१ | Mar 30, 2022
प्रभु लाइफ इन्स्योरेन्सको अध्यक्षमा सुभाष अमात्य नियुक्त, बुधबारबाटै कार्यभार सम्हाले


काठमाडौं। प्रभु लाइफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा सुभाष अमात्य नियुक्त भएका छन्। 

Tata
GBIME
NLIC

कम्पनीको चैत १६ गते बुधबार बसेको संचालक समिति बैठकले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालकमा प्रतिनिधित्व गरेका अमात्यलाई अध्यक्षमा चयन गरेको हो। 

अमात्यले बुधबार नै नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट सपथ ग्रहण गरेर कार्यभार सम्हालेको कम्पनीले विज्ञप्तिमा जनाएको छ।

प्रभु लाइफको अध्यक्षमा यसअघि डा. आत्माराम घिमिरे रहेका थिए। उनले व्यक्तिगत कारण देखाउँदै चैत १६ बाटै लागू हुने गरी राजीनामा दिएका छन्। 

२०७४ मंसिर २८ बाट संचालनमा आएको यस जीवन बीमा कम्पनीको देशभर १०० वटा शाखा तथा उपशाखा कार्यालयहरु रहेका छन्।