बजारको नजरबाट पर रहेर ‘टेक्नोप्रेनियर’ले चुपचाप बनाएको एयरपे पेमेन्ट गेटवे 

बिजमाण्डू
२०७८ चैत्र १५ गते १३:२५ | Mar 29, 2022
बजारको नजरबाट पर रहेर ‘टेक्नोप्रेनियर’ले चुपचाप बनाएको एयरपे पेमेन्ट गेटवे 

कुणाल झुनझुनवाला भारतीय खर्बपति स्टक ट्रेडर राकेश झुनझुनवालाका भतिजा हुन्। अमेरिकामा पढेलेखेका कुणाल आफूलाई परिवारको 'कालो भेडा' भन्छन्। कारण, परिवारले केही गर्ला भनेर उनलाई पत्याएको होइन। तर उनले गरेको खास काम केही ढिला सबैलाई थाहा हुँदैछ। उनले गरेको काम आफैंमा स्मार्ट आइडिया छ। 

Tata
GBIME
Nepal Life

बजारको नजरबाट पर, कुणालले चुपचाप आफ्नो व्यवसाय, एयरपेलाई अघि बढाइरहेका छन्। सानैदेखि राख्ने गरेको टेक्नोलोजीमाथिको रुचिले उनलाई आज एक सफल ‘टेक्नोप्रेनियर’ बनाएको छ। कुणालले सन् २०१२ मा  सुरु गरेको एयरपेले स्थापनाको आठ वर्षभन्दा कम समयमा २ लाख ५० हजार माइक्रो-उद्यमी तयार गरिसकेको छ। यसमा मासिक १० हजारभन्दा बढी व्यापारीहरू जोडिदै छन्। 

एयरपे सुरु गर्नु अघि, उनले धेरै चीजहरूमा हात हाले। सुरुमा कुणालले उत्तर अमेरिका र युरोपका कम्पनीहरूका लागि सफ्टवेयर सलुसन विकास गरे। यसबाहेक उनका अन्य उद्यमहरूमा प्रिन्ट म्यागजिन, सेक्युरिटी कन्सल्टिङ फर्म र सफ्टवेयर डेभलपमेन्ट फर्महरू पनि खोले।

कुणालले बेभर्ली इन्टरप्राइजेज र हंगामामा आफ्नो कार्यकालमा बिताएका पाँच वर्षमा आफूले धेरै कुराहरू बुझ्न र धेरै अवसरहरूमा काम गर्ने मौका पाए। सोही अनुभवहरूको आधारमा 'डिजिटल हाथी, एक प्रयोगात्मक एजेन्सी' पनि सुरु गरे।

 एयरपे भुक्तानी सर्भिसेसको स्थापना र सफलता

र त्यसपछि मात्रै, उनले एयरपे भुक्तानी सर्भिसेस स्थापना गरे। उनका साथीहरूले भारतमा जहाँ अझै जनसंख्याको ठूलो  भागसँग बैंक खाता वा क्रेडिट कार्ड छैन, त्यहाँ क्यासलेस भुक्तानी सेवा सुरु गर्नु भनेको भारतमा 'हाराकिरी' गर्नु बराबर हो भनेर पनि भने। तर उनी यस्ता कुराहरूले निरुत्साहित भएनन् र आफ्नो काममा निरन्तर लागिरहे।

फलस्वरूप, मार्केटिङ र विज्ञापनमा एक पैसा पनि खर्च नगर्दा पनि एयरपे व्यापारले भारतको ३७ राज्यहरूका ५ सय ३३ जिल्लाका ५ हजार ७ सय गाँउहरूको  ३५ लाखभन्दा बढी ग्राहकहरूलाई बैंकिङ र वित्तीय सेवाहरू प्रदान गरिसकेको छ। मार्केटिङ र विज्ञापनमा सट्टामा एयरपेले भारत सरकारको ‘आत्मनिर्भर भारत’ प्लेटफार्मको प्रयोग गरेर एयरपे व्यापारको नेटवर्क भारतभरि विस्तार गर्यो। 

केही वर्षयता भारतको भुक्तानी क्षेत्र डिजिटलाइजेसनतर्फ तीव्ररूपमा अगाडि बढिरहेको छ। साथै सहरी र ग्रामीण दुवै क्षेत्रहरूमा मानिसहरूलाई क्यासलेस लेनदेनहरू गर्न विभिन्न  क्षेत्रहरूबाट प्रोत्साहन भइरहेको छ।
मोर्गन स्टेनलीको अनुमान अनुसार,  तीन वर्षमा भारतमा डिजिटल भुक्तानी गुणाले बढेको छ  र यो २०२३ सम्ममा १० प्रतिशत पुग्ने प्रक्षेपण छ।

एयरपे एक यस्तो वित्तीय सशक्त नेटवर्क हो, जुन किराना स्टोरहरू जस्ता  डिजिटलाइजेसनमा समावेश नभएका परम्परागत व्यापार क्षेत्रहरूमा केन्द्रित भएर काम गर्छ। एयरपे आम्दानी बढाउने, संकलन गर्ने र व्यवसाय व्यवस्थापनका मुख्य स्तम्भहरू वरिपरि विकास भइरहेको छ।

'म निरन्तर विभिन्न क्षेत्रका उद्यमीहरूसँग सम्पर्कमा रहन्छु र उनीहरूलाई उनीहरूको व्यवसायको मूल्यांकन गर्न र उनीहरूको समस्या समाधान गर्न मद्दत गर्छु,' कुणाल भन्छन्,'हामीले एयरपे व्यापारीको आम्दानी बढाउन उनीहरूको ग्राहकहरूलाई थुप्रै सेवाहरू दिइरहेका छौं। मनी ट्रान्सफर, क्यास विड्रल, र बिल पेमेट/रिचार्ज जस्ता सेवाहरूले गर्दा ग्राहकहरूलाई  एयरपेप्रति स्टिक गरिरहेको छ।'

एयरपेले विगत एक दशकमा तीन सदस्यीय टोली ३ सय ६० भन्दा बढी कर्मचारीहरूको टिममा वृद्धि भएको छ। साथै भारतका केही ठूला व्यापारिक प्रतिष्ठानहरूका लागि लाखौं कारोबारहरू गरेको छ। कोरोना महामारीको समयमा पनि, एयरपेले दक्षता र लागतमा ध्यान दिदै कोच्चीमा आफ्नो कार्यालय खोल्यो। 

ठूला उद्यमहरूको ठूलो चुनौती सुल्झाउदै

'ठूला उद्यमहरूको लागि भुक्तानी ठूलो चुनौती हो, उनीहरूलाई उपभोक्ताबाट  भुक्तानी कसरी उठाउने थाहा छैन। बजारका ठूला खेलाडीहरू जस्तै बैंकहरूसँग पनि हामीसँग जे छ, त्यो छैन,' कुणाल भन्छन्। उनले युरेका फोर्ब्सको उदाहरण दिए  'युरेका फोर्ब्सको सेल्समेनहरूले  नगद संकलन गर्थे तर बैंकहरूको लामो लामो लाइनमा उभिने झन्झटले गर्दा उनीहरूले बैंकहरूमा पैसा जम्मा गर्दैनन्। त्यसैले त्यो रकम किराना स्टोरमा जम्मा गर्ने गरी एक किसमको नेटवर्क स्थपना गरे।' यसले गर्दा स्टोरको लागि थप फुटफल्स ल्याउन मद्दत गर्योक र ती सेल्समेनहरूको कामलाई सहज बनायो।

"एयरपे व्यापार किराना स्टोरको लागि एक समग्र समाधान हो। हामी उनीहरूको लागत पक्षमा हुन चाहँदैनौं। हामी केवल उनीहरूको आम्दानी बढाउन चाहन्छौं। हामी उनीहरूलाई आधारभूत लेखा उपकरणहरू दिन चाहन्छौं। हामी उनीहरूको खाता व्यवस्थापन चाहन्छौं,' कुणाल बताउँछन्।

कुणाल आफ्नो कारोबारको टर्न‌ूओभरका बारेमा कुरा गर्न चाहँदैनन्। तर, कम्पनी स्थापना गर्न र विश्वसनीयता कमाउन निकै गाह्रो भएको स्वीकार्छन्। 'हामी नाफा कमाउँदैछौं तर मलाई यो बेला नम्बरहरूको कुरा गर्न सहज छैन,' उनले भने।

के यो व्यवसायिक पृष्ठभूमिको देन हो? 

कुणालको यो व्यवसायिक सफलतालाई उनको पारिवारको व्यवसायिक पृष्ठभूमिको देन भनेर धेरैले  दाबी गर्ने गरेका छन्। तर उनी यस्ता कुराहरूलाई  खासै वास्ता गर्दैनन्। उनले बुबा राजेश झुनझुनवाला र काका राकेश झुनझुनवालाको सहभागितामा आजसम्म लगभग २४ करोड रुपैयाँ जम्मा गरिसकेका भए तापनि एयरपेमा परिवारको लगानी कलारी क्यापिटलबाट सीड क्यापिटल राउन्डपछि मात्र आएको हो । कुणाल आफनो बिउ पुँजीका बारेमा केही कुरा खोल्न चाहदैनन्। 

उनी अर्बपति लगानीकर्ता र स्टक ट्रेडर आफ्नो काका राकेशलाई धेरै नै सम्मानका साथ हेर्छन्। उनी आफ्नो काका राकेशले गरेका हरेक लगानीहरू गहिरिएर नियाल्छन्। कुणाल आफ्नो काकाले दिएका सुझाव सम्झन्छ- 'सधैं भ्यालु सृजना गर्ने अवसरहरू रोज्नु।' यही सुझावलाई आत्मसात गर्दै र विदेशमा उद्यम गर्ने लक्ष्यको साथ, एयरपेले युनाइटेड अरब इमिरेट्सबाट सुरु गरी अफ्रिका र केही खाडी मुलुकहरूमा विस्तार गर्ने योजना राखेको छ। (एजेन्सीहरु)