प्राधिकरणले भूमि-हकोइ १३२ केभी प्रसारणलाइन निर्माण गर्दै, ३ वर्षमा निर्माण पुरा गर्ने योजना 

बिजमाण्डू
२०७८ चैत्र १ गते ०९:०९ | Mar 15, 2022
प्राधिकरणले भूमि-हकोइ १३२ केभी प्रसारणलाइन निर्माण गर्दै, ३ वर्षमा निर्माण पुरा गर्ने योजना 

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले भूमि- हकोइ १३२ केभी प्रसारणलाइन निर्माण गर्ने भएको छ। नवलपरासीको सुनवल-७ चारपालामा रहेको प्राधिकरणको १३२ केभी सवस्टेशनदेखि रामग्राम नगरपालिका (साबिक हकोइ गाविस) मा  प्रस्तावित हकोइ सवस्टेशनसम्म प्रसारणलाइन निर्माण गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

प्रसारणलाइन १४.३६ किलोमिटर हुनेछ। विद्युत विकास विभागले एक सूचना निकालेर प्रस्तावित प्रसारणलाइन निर्माण तथा संचालन  गर्दा प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र विभागमा लिखित राय दिन सकिने उल्लेख गरेको छ।

यो प्रसाणलाइनको भोल्टेज १ लाख ३२ हजार भोल्ट हुनेछ। डबल सर्किटको रहनेछ। जसले २०० मेगावाटसम्मको विद्युत शक्ति प्रसारण गर्न सक्नेछ। ५१ वटा टावरहरु निर्माण हुनेछ। एक टावरदेखि अर्को टावरसम्मको अधिकतम दुरी ५ सय मिटर र न्युनतम दुरी २ सय मिटर  हुनेछ।जमिनको सतहबाट टावरको औसत उचाइ ३८.२ मिटर हुनेछ।

आयोजना निर्माणका लागि २८.८४७६ हेक्टर जमिन आवश्यक पर्नेछ। यो प्रसारणलाइनको क्षेत्राधिकार विद्युत नियमावली २०५० मा तोकिएको बमोजिम न्युनतम दुरीमा नघटाइ प्राविधिक दृष्टिकोणबाट १८ मिटर (मध्यविन्दुबाट दायाँ/बायाँ ९/९ मिटर ) कायम गरिनेछ। प्रसारणलाइन निर्माण तीन वर्षमा सक्ने योजना छ।