प्रधानमन्त्री देउवालाई पार्टी चुनावमा सघाएका थानीलाई बनाइयो आयल निगमको कार्यकारी निर्देशक

बिजमाण्डू
२०७८ फागुन २७ गते ०९:२९ | Mar 11, 2022
प्रधानमन्त्री देउवालाई पार्टी चुनावमा सघाएका थानीलाई बनाइयो आयल निगमको कार्यकारी निर्देशक


काठमाडौं। सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसको सभापतिको चुनावका बेला थानीले खुलेर सहयोग गरेका थिए। त्यसैले कारण उनलाई कार्यविधि संशोधन गरेर कार्यकारी निर्देशक बनाइएको स्रोतको दाबी छ।

Tata
GBIME
NLIC

निगम उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत पर्छ। छुट्टै विभागीय मन्त्री नतोकी प्रधानमन्त्री देउवाले उक्त मन्त्रालय आफ्नै जिम्मेवारीमा राखेका छन्। 

छनोट समितिले नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि थानीसहित चण्डिकाप्रसाद भट्ट र जीवनप्रसाद सिटौलाको नाम सिफारिस गरेको थियो। 

थानी कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) का अध्यक्ष हुन्। 

उनी नेपाल विद्युत प्राधिकरणका संचालक समेत भइसकेका छन्।