स्थानीय तहको चुनाव हुने टुंगो लागेपछि सेयर बजारमा हरियाली, सुरुवातबाटै उकालो यात्रामा सूचक

बिजमाण्डू
२०७८ माघ १६ गते १३:०३ | Jan 30, 2022

काठमाडौं। साताको पहिलो कारोबार दिन नेप्सेमा उत्साह फर्किएको छ। स्थानीय चुनाव हुने टुंगो लगभग लागेपछि बजार हरियाली भएको हो।

Tata
GBIME

सुरुवातमै २५ अंकको वृद्धि लिन सफल बजार समाचार तयार पर्दासम्म ६५ अंक अधिकले बढिसकेको छ। कारोबार रकममा पनि सन्तोषजनक वृद्धि छ। गत साताको अन्तिम दिन सवा दुई अर्ब रुपैयाँमा सीमित कारोबार रकम आइतबार बजार खुलेको २ घन्टामै ३ अर्ब अधिक छ।

विकास बैंक र वित्त समूहका सेयरमा उत्साहजनक रूपले बढेका छन्। विन नेपाल लघुवित्त र बुद्ध भूमि नेपालको मूल्य आज पनि सर्किट लेभलमा कारोबार भएको छ। कारोबार भएका १८४ वाट कम्पनीका मूल्य बढेका छन्।

स्थानीय चुनावको मिति तय नहुँदा पुस मसान्तमा भुक्तानी भएको आयकरले बलियो भएको सरकारी खाताबाट विकास रकमको परिचालनमा बाधा देखिने आकलन बजारका जानकारहरुले गरेका थिए। त्यसमाथि सरकारले चैतसम्म एक खर्ब आन्तरिक ऋण उठाउने भएपछि बजार घट्न दबाब पुगेको थियो।