कोकाकोला र भाइबरबीच सहकार्य, कोक एण्ड मील्स थिमका लेन्स प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्ने

बिजमाण्डू
२०७८ कात्तिक ३० गते १६:५७ | Nov 16, 2021
कोकाकोला र भाइबरबीच सहकार्य, कोक एण्ड मील्स थिमका लेन्स प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्ने


काठमाडौं। कोकाकोला नेपालले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एण्ड मील्सको थिम अन्तर्गत कोकाकोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स 'फूड र्‍याण्डमाइजर' लन्च गरेको छ। 

Tata
GBIME
Nepal Life

नेपालमा एक करोडभन्दा बढी भाइबर प्रयोगकर्ताहरूले यो फिल्टरको मजा लिन सक्ने कोकाकोलाले जनाएको छ। प्रयोगकर्ताहरुले आफ्ना साथी, सहकर्मीहरू वा परिवारलाई आफ्नो लागि कोक र खानाको लागि लेन्स प्रयोगका लागि माग गर्न सक्ने बताइएको छ। 

भाइबरको फिल्टरमा कोक र म:म:, कोक र पिज्जा, कोक र चाउमिन जस्ता लोकप्रिय कोक र मील्सका कम्बोहरू र्‍याण्डम्ली जेनेरेट हुन्छन्। 
जेनेरेट भएको एउटा कोक एण्ड मील्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सेभ गर्न सक्ने र कम्बो किन्नका लागि आफ्ना साथी, सहकर्मी वा परिवारलाई सजिलै पठाउन सक्ने कोकाकोलाले जनाएको छ। 

साथै, प्रयोगकर्ताहरूले आफ्नो अनुहार पनि उक्त फिल्टर राख्न सक्ने बताइएको छ। 

'राकुटेन भाइबर एक्स कोका–कोलाः स्ट्राटेजिक पार्टनरसीप' पत्रकार सम्मेलनमार्फत् एआर लेन्स भर्चुअल रूपमा लन्च गरिएको छ। राकुटेन भाइबर र कोकाकोला बीचको यो सहकार्यले नेपालका भाइबर प्रयोगकर्ताहरूलाई थप सुविधाहरू उपलब्ध हुने कोकाकोलाले जनाएको छ। 

'हामी कोकाकोलासँग साझेदारी गरी यो रमाइलो प्रविधिबाट परिवार र साथीहरुलाई विभिन्न खानाको संयोजन पस्किन पाउँदा अत्यन्तै उत्साहित छौं। कोक एण्ड मील्स भाइबर लेन्स प्रियजनहरूसँग जोडिनलाई अझ आकर्षक र अद्वितीय बनाउनका लागि हाम्रा धेरै पहलहरू मध्येको एक हो,' भाइबरका वरिष्ठ निर्देशक डेभिड त्सेले भने। 

'कोकाकोलाले सबै परिवारजनलाई साथमा ल्याएर खानाको पललाई विशेष बनाउँछ। यो नयाँ कोक एण्ड मील्स भाइबर लेन्स विशेष गरी नेपाली युवाहरु माझ रमाइलो कुराकानी गराउने, कोक र खानाका साथ विशेष पलहरु मनाउने हाम्रो प्रयास हो,' कोकाकोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले भने।