निक्षेप २२ अर्बले बढ्दा बैंक ऋण ३ खर्ब ७ अर्बले बिस्तार: सीडी रेसियो ९० प्रतिशत नाघ्यो

बिजमाण्डू
२०७८ कात्तिक २८ गते १५:२६ | Nov 14, 2021
निक्षेप २२ अर्बले बढ्दा बैंक ऋण ३ खर्ब ७ अर्बले बिस्तार: सीडी रेसियो ९० प्रतिशत नाघ्यो

काठमाडौं।  बाणिज्य बैंकहरुको औषत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशत नाघेको छ। बैंकर्स संघले उपलब्ध गराएको कात्तिक २६ गतेसम्मको तथ्यांक अनुसार, सीडी रेसियो ९०.१८ प्रतिशत पुगेको छ।

Tata
GBIME

निक्षेप घटिरहने तर ऋण बिस्तारमा अंकुश नराख्ने प्रबृत्तिका कारण बाणिज्य बैंकहरुको औषत सीडी रेसियो राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमाभन्दा माथि पुगेको हो।

सञ्चालनमा रहेका २७ बाणिज्य बैंकहरुले पछिल्लो एक सातामा ऋण ३ अर्ब रुपैयाँले बढाएका छन्। यही समयमा निक्षेप भने १५ अर्ब रुपैयाँले घटेको छ।

कात्तिकमा मात्र बैंकहरुको निक्षेप ४५ अर्ब रुपैयाँले घटिसकेको छ। ऋण भने २९ अर्बले बढेको छ। चालु आर्थिक बर्षमा बैंकहरुको कुल निक्षेप जम्मा २२ अर्ब रुपैयाँले बढेको छ। ऋण भने ३ खर्ब ७ अर्ब रुपैयाँले बढेको छ।

निक्षेप संकलन र ऋण लगानीमा सन्तुलन नहुँदा अहिले प्रणालीमा चरम तरलता अभाव छ। बैंकहरुले अति आवश्यक पर्नेहरुलाई ऋण दिन छाडेका छन्। उनीहरुले अहिले पहुँचवालाहरुलाई मात्र ऋण दिइरहेका छन्।

अहिले बैंकहरुसँग कुल निक्षेप ४२ खर्ब २३ अर्बमा झरेको छ भने ऋण ४० खर्ब २८ अर्ब पुगेको छ।