माछापुच्छ्रे बैंकले ल्यायो कार्डलेस भुक्तानी सुविधा, ओटीपी गोप्य राख्दै सहज कारोबार हुने

बिजमाण्डू
२०७८ कात्तिक २८ गते १३:०१ | Nov 14, 2021
माछापुच्छ्रे बैंकले ल्यायो कार्डलेस भुक्तानी सुविधा, ओटीपी गोप्य राख्दै सहज कारोबार हुने


काठमाडौं। एटीएममा डेविट कार्ड राखेर पैसा झिक्ने चलन पुरानो हुँदैछ। बैंकहरुले धमाधम सुरु गरेको कार्डलेस भुक्तानी सेवा माछापुच्छ्रे बैंकले पनि सुरु गरेको छ।

Tata
GBIME

डेविट कार्डबिनै एटीएमबाट भुक्तानीको सुविधा प्रयोगमा ल्याएको हो। यसमा ग्राहकले आप्नो खातामा भएको रकम मोबाइल बैंकिङ एपका मद्दतले कोडमार्फत एटीमबाट सजिलै झीक्न सक्छन्। डेविट कार्ड बोकिरहनु पर्दैन।

डिजिटल बैंकिङमा नयाँ सुविधा थप्ने क्रममा कार्डलेस सेवा ल्याइएको बैंकले जनाएको छ।

यो सेवाअन्तर्गत ग्राहकले भुक्तानी सेवामा सुविधाको नयाँ अनुभव लिन सक्ने बैंकले जनाएको छ। बैंकले आइतबार सूचना प्रकाशित गर्दै डेविट कार्ड प्रयोगकर्ता ग्राहकलाई नयाँ सुविधा प्रयोग गर्न आग्रह गरेको हो।

यो प्रक्रियामा आउने ओटीपी कोड भने गोप्य र सुरक्षित राखेर कारोबार गर्न बैंकले ग्राहकहरूलाई अनुरोध गरेको छ।