चीन-अमेरिका जलवायु परिवर्तन नियन्त्रणका लागि सहकार्य गर्न सहमत, केमा स्वार्थ मिल्यो?

बिजमाण्डू
२०७८ कात्तिक २५ गते १८:४८ | Nov 11, 2021

काठमाडौं। चीन र अमेरिका बिच जलवायु परिवर्तन सम्बन्धी सहकार्यका लागि सहमति जुटेको छ। दुई देशबिच ताइवानलाई लिएर पछिल्लो कुटनीतिक टकराव चलिरहँदा जलवायु परिवर्तन नियन्त्रणका लागि सहकार्य गर्न सहमत भएका हुन्। पछिल्लो समय ताइवान मामिलालाई लिएर दुई देशबिच 'वाकयुद्ध' चलिरहेको छ। 

Tata
GBIME
Nepal Life

त्यस्तै, यस क्षेत्रमा चिनियाँ प्रभाव नियन्त्रणको लक्ष्यसहित अमेरिका बेलायत र अष्ट्रेलिया बिच रक्षा सम्झौता भएको छ। यसको समेत चीनले विरोध गरिरहेको छ। चीन र अमेरिकाबिच ट्रम्प प्रशासनदेखि सुरु भएको कुटनीतिक तथा आर्थिक टकरावका बिच दुई देशले जलवायु परिवर्तनका क्षेत्रमा सहकार्यको घोषणा गर्दै १६ बुँदै घोषणापत्र जारी गरेका छन्। 

बुधवार दुई देशले २०२० को दशकका लागि जलवायु सहकार्य वृद्धि गर्नका लागि संयुक्त ग्लास्गो घोषणापत्र जारी गरेका छन्।

राष्ट्र संघीय फ्रेमवर्क कन्भेन्सन अन क्लाइमेट चेन्ज (युएनसीसीसी) को २६ औं पक्षराष्ट्रको सम्मेलन (कोप-२६)का क्रममा दुई देशले संयुक्त घोषणापत्र जारी गरेका हुन्।

दुई देशले जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै पेरिस सम्झौता कार्यन्वयनका लागि सबै पक्ष राष्ट्रसँग मिलेर काम गर्ने सहमति गरेका छन्। समानताको सिद्धान्त अनुसार फरक जिम्मेवारी र क्रमिक क्षमताका आधारमा दुवै देशले आफ्नो राष्ट्रिय अवस्था अनुसार जलवायु सम्बन्धी कार्यलाई मिलेर अगाडि बढाउन दुवै देश सहमत भएको सिन्ह्वाले जनाएको छ।

साथै, चीन र अमेरिकाले जलवायु परिवर्तनका क्षेत्रमा गरिने कार्यलाई अगाडि बढाउनका लागि संयुक्त कार्य समूह निर्माण गर्न सहमत भएका छन्। यसले द्वीपक्षीय र बहुपक्षीय साझेदारीका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दुई देशले जारी गरेको संयुक्त घोषणामा पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि एक दशमलव ५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न सहकार्य गर्ने वाचालाई स्मरण गरेका छन्।

चीनका मुख्य जलवायु वार्ताकार सी जिन्ह्वाले जलवायु परिवर्तनका मामिलामा चीन र अमेरिकाबीच असहमतिभन्दा धेरै सहमति रहेको बताएका छन्।

यसैबिच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले दुई देशबिच जारी भएको घोषणापत्रको स्वागत गरेका छन्। उनले सो घोषणालाई जलवायु विपत्तीलाई समाधान गर्न अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यवद्धताका लागि महत्त्वपूर्ण कदम भनेका छन्

१६ बुँदे संयुक्त घोषणापत्रमा दुवै देशले जलवायु संकट समाधानका लागि विश्वबाट भइरहेका प्रयासहरूको स्वागत गर्दै पेरिस सम्झौताको लक्ष्य प्राप्तिका लागि एकल, संयुक्त रुपमा तथा अन्य देशहरुसँग सहकार्य गरेर अगाडि बढ्न सहमत भएका छन्। साथै दुवै देश ‘ग्लोवल नेट जिरो इकोनोमी’ तर्फ अगाडि बढ्न प्रयासहरुलाई बढाउनसमेत सहमत भएका छन्।

दुवै देशहरु २०२० को दशकमा हरितगृह ग्यास उत्सर्जन घटाउनका लागि नियामक फ्रेमवर्क र वातावरणीय मापदण्दका क्षेत्रमा सहकार्यक गर्न सहमत भएका छन्। साथै सफा उर्जाको सामाजिक फाइदालाई बढाउँदै लैजान सहकार्य गर्ने छन्।

त्यस्तै डिकार्वोनाइजेसन र इलेक्ट्रिफिकेसनलाई प्रोत्सहान गर्ने नीतिमा सहकार्य गर्नेछन्। चीन र अमेरिका ‘ग्रिन डिजाइन’ र नविकरणीय स्रोत सदुपयोग गर्ने जस्ता महत्त्वपूर्ण क्षेत्रमा सहकार्य गर्नेसमेत सहमत भएका छन्।

सीसीयुएस जस्ता प्रविधिको विकास तथा कार्यान्वयनमासमेत सहकार्य गर्न दुवै देश सहमत भएका छन्।

मिथेन उत्सर्जन मापनमा समेत सहकार्य गर्न दुवै देश सहमत भएका छन्। अमेरिकाले मिथेन उत्सर्जन कम गर्ने कार्ययोजना तयार गर्ने घोषणा समेत गरेको छ।

दुवै देश कोप २७ अगाडि नै मिथेन उत्सर्जन नियन्त्रणका लागि उपायहरुको खोजी गर्न सहमत भएका छन्। साथै, चीनले मिथेन उत्सर्जन नियन्त्रण कार्योजना निर्माण गर्ने दिशामा अगाडि बढ्ने भएको छ। साथै दुवै देश २०२२ को पहिलो अर्धवार्षिकमा मिथेन उत्सर्न नियन्णका लागि छलफलमा समेत जुट्ने भएका छन्।

कार्वनडाइअक्साइड उत्सर्जन घटाउनका लागि दुवै देश नीति निर्माणमा सहकार्य गर्ने, नीति आदानप्रदान गर्ने, सौर्य उर्जा, संकलन तथा अन्य सफा उर्जाका विषयमा सहकार्य गर्न सहमत भएका छन्। त्यस्तै अमेरिकाले २०३५ भित्र कार्वन पलुसन फ्रि इलेक्ट्रिसिटीको सतप्रतिशत पूरा गर्ने लक्ष्य तय गरेको छ। साथै चीनले आफ्नौ १५ औं पञ्चवर्षिय योजना २०२६-२०३० मा कोइला उपयोगलाई कम गर्दै अगाडि बढ्ने योजना ल्याउने भएको छ।

साथै दुवै देशले अवैध वन विनास रोक्न सहकार्य गर्ने भएका छन्।

घोषणापत्र जारी गरेसँगै चीनका जलवायु परिवर्तन सम्बन्धि विशेष दूत सेइ चनहुवाले एक पटक फेरि चीन-अमेरिका बिचको सहकार्य सही छनोटमा भएको देखाएको बताएका छन्। उनले चीन र अमेरिका एक भएर धेरै लक्ष्य प्राप्त गर्न सक्ने र यसले दुवै देशसँगै विश्वलाई नै फाइदा पुग्ने बताएको ग्लोबल टाइम्सले जनाएको छ।

उनले यो घोषणाले कोप २६ को सफलताका लागि योगदान दिनेसमेत बताए। दुवै देशले जलवायु परिवर्तनका नियन्त्रणका लागि कार्यसमूह निमार्ण गरी सहकार्य अगाडि बढाउने भन्दै संयुक्त कार्य सही भएको बताए।

अमेरिकी जलवायु दूत जोन केरीले घोषणापछि पत्रकार सम्मेलनमा आफूहरु एक भएर कोप २६ सफलताका लागि सहयोग पुर्‍याएको बताए। ‘हरेक कदम अहिले महत्त्व राख्छन् र हामी माझ अझै लामो यात्रा बाँकी छ,’ केरीले भनेका छन्