कात्तिकमा मात्र ३१ अर्ब रुपैयाँले बाणिज्य बैंकहरुको निक्षेप घट्यो, ऋण भने २७ अर्बले बृद्धि

बिजमाण्डू
२०७८ कात्तिक २५ गते १३:४९ | Nov 11, 2021
कात्तिकमा मात्र ३१ अर्ब रुपैयाँले बाणिज्य बैंकहरुको निक्षेप घट्यो, ऋण भने २७ अर्बले बृद्धि


काठमाडौं। कात्तिक लागेपछि मात्र बाणिज्य बैंकहरुबाट ३१ अर्ब रुपैयाँ निक्षेप गायव भएको छ। तरलता अभाव भएर ऋण दिन सकिएन भनेर चिच्याएपनि यही बेला बैंकहरुले २७ अर्ब रुपैयाँ ऋण बिस्तार गरेका छन्।

Tata
GBIME
Nepal Life

नेपाल बैंकर्स संघले कात्तिक १७ गतेसम्मको तथ्यांक सार्वजनिक गर्दै एक सातामा नै निक्षेप ९ अर्ब रुपैयाँले घटेको जनाएको छ। जबकी यही एक सातामा ऋण सात अर्ब रुपैयाँले बढेको छ।

गभर्नरले घाँटी हेरेर हाड निल्न भनिरहँदा बैंकहरु भने ऋण बिस्तारमा अनुशासित देखिएका छैनन्। कुल ऋण ४० खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप ४२ खर्ब ३८ अर्ब रुपैयाँ पुगेको छ।

चालु आर्थिक बर्षमा मात्र बैंकहरुले ३ खर्ब ४ अर्ब रुपैयाँले ऋण बढाइसकेका छन्। निक्षेप भने जम्मा ३७ अर्ब रुपैयाँले बढाएका छन्। यही कारण एक दर्जन बैंकको सीडी रेसियो ९० प्रतिशत नाघेको छ। केही बैंकको ९५ प्रतिशतसम्म सीडी रेसियो पुगेको छ।