एचआईडीसीएलको ८ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव

बिजमाण्डू
२०७८ कात्तिक १६ गते ११:२५ | Nov 2, 2021

काठमाडौं। हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)ले सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ।

Tata
GBIME

कम्पनीले गत वर्षको सञ्चित नाफा तथा जगेडा कोषबाट चुक्तापुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२ प्रतितशत नगद लाभांश दिने जनाएको छ।

हाल कम्पनीको चुक्ता पुँजी २२ अर्ब रुपैयाँ छ। बोनस सेयरपछि कम्पनीको पुँजी करिब डेढ अर्बले वृद्धि भएर २३ अर्ब ५० करोड रुपैयाँ पुग्ने छ।

त्यस्तै मनकामना स्मार्ट लघुवित्तले १७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ। कम्पनीले हालको चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर लाभांश प्रस्ताव गरेको हो।

कम्पनीको हालको चुक्ता पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। उसले दुई करोड पाँच लाख ९५ हजार रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ। मर्जरमा गएका कारण कम्पनीले लाभांशमा लाग्ने कर भने छुट पाउने छ।