ग्लोबल आइएमई बैंकले ललितपुरको मंगलबजारमा खोल्यो नयाँ शाखा, पुग्यो २ सय ८२ शाखा

बिजमाण्डू
२०७८ कात्तिक ७ गते १७:४० | Oct 24, 2021
ग्लोबल आइएमई बैंकले ललितपुरको मंगलबजारमा खोल्यो नयाँ शाखा, पुग्यो २ सय ८२ शाखा

काठमाडौं। ग्लोबल आइएमई बैंकले ललितपुरको मंगलबजारमा नयाँ शाखा संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखा २ सय ८२ पुगेको छ। केही दिन अघि मात्रै काठमाडौं नयाँबजार खुसिबुमा नयाँ शाखा खोलेको थियो।

Tata
GBIME
Nepal Life

मुलुकभर बैंकिङ सेवाको पहुँच पुर्‍याउने उदेश्यसहित शाखा विस्तारलाई बैंकले प्राथमिकता दिएको छ।

बैंकको २ सय ५१ वटा एटीएम, २ सय ६० शाखारहित बैंकिङ सेवा, ४८ वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर छन्।

यो वाहेक तीन वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत छन्। बैंकमा २६ लाख भन्दा बढी ग्राहक छन्।