मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’ बाट सम्मानित, लघुवित्तमा काम गरेको कदर

२०७८ कात्तिक ५ गते १८:११
मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड २०२१’ बाट सम्मानित, लघुवित्तमा काम गरेको कदर


काठमाडौं। मुक्तिनाथ विकास बैंक "ग्लोबल एसएमई अवार्ड २०२१" बाट सम्मानित भएको छ। उक्त अवार्ड विश्व बैंक समूह अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजना गरिएको तथा जी-२० ग्लोबल पार्टनरसीप फर फाइनान्सियल इनक्लुजन (जिपिएफआई) द्वारा समर्थित अवार्ड हो।

Tata
GBIME

साना तथा लघुवित्त क्षेत्रमा प्राथमिकताका साथ काम गर्दै आएको बैंकले उक्त अवार्ड पाएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

उक्त अवार्डमा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरका वित्तीय संघ संस्थाहरु सहभागी थिए।

साना तथा लघुवित्त क्षेत्रमा बैंकले पुर्‍याएको योगदानको मूल्याङ्कन गरिअवार्ड प्रदान गरिएकोले भविष्यमा पनि बैंकलाई उक्त क्षेत्रमा काम गर्न उत्साहित बनाएको विज्ञप्तिमा उल्लेख छ।

बैंकले यस अघि युरोपेली माइक्रोफाइनान्स अवार्ड २०२० समेत प्राप्त गरेको थियो।

बैंकले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने उदेश्यले  बैंकको एटिएम कार्डबाट नेपालभरी रहेका भिसा नेटवर्कमा आवद्ध जुनसुकै बैंकबाट रकम झिक्दा पनि शुल्क नलाग्ने व्यवस्था गरेको छ।

त्यस्तै अनलाइन कर्जा आवेदन, अनलाइन खाता, खातामै रेमिट्यान्स जम्मा गर्ने र मिस्डकलबाटै बचत र कर्जाको सेवा दिने जस्ता भिन्न सेवाहरु दिदै आएको पनि बैंकले जनाएको छ।


Sunrise Bank