भक्तपुरको सल्लाघारीमा छानीछानी खसीबोकादेखि मुस्ताङको भेडाच्याङ्ग्रा, हेर्नुस् तस्बिर समाचार

बिजमाण्डू
२०७८ असोज २२ गते १०:०५ | Oct 8, 2021

काठमाडौं। दसैं लागेसँगै उपत्यकामा खसी, बोकादेखि भेडाच्याङ्ग्रा भित्रिन थालेका छन्। शनिबारबाट काठमाडौंका विभिन्न स्थानमा खसी बोका व्यापार पनि बढ्न थालेको छ।

Tata
GBIME

भक्तपुरको सल्लाघारी चौरमा बिहीबारबाट मुस्ताङको च्याङ्ग्रादेखि विभिन्न स्थानबाट ल्याइएका खसीबोका बिक्रीका लागि राखिएको छ। यहाँ ल्याइएका च्याङ्ग्रालाई औसतमा ४० हजार रुपैयाँ पर्ने एक व्यापारीले बताए।

शुक्रबार र शनिबार थप खसीबोका र च्याङ्ग्रा आइपुग्ने ती व्यापारीले बताए।

दसैंमा खपत धेरै हुने भएकाले गत शनिबारयता काठमाडौंका विभिन्न स्थानमा खसीबोका व्यापार बढेको छ।