एनआइबीएल समृद्धि फण्ड-१ ले ३५ प्रतिशत लाभांश दिने, इकाइधनीले ३५ करोड रुपैयाँ पाउने

बिजमाण्डू
२०७८ साउन १५ गते १२:२८ | Jul 30, 2021


काठमाडौं। एनआइबीएल समृद्धि फण्ड-१ ले गत वर्षको नाफाबाट ३५ प्रतिशत लाभांश दिने भएको छ। 

Tata
GBIME

कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको लेखा परीक्षण पारित गर्दै लाभांश प्रस्ताव गरेको हो।

कम्पनीले लाभांशबापत ३५ करोड रुपैयाँ वितरण गर्नेछ। समृद्धि फण्ड एनआइबीएल म्युचुअल फण्ड अन्तर्गत एनआइबीएल एस क्यापिटल योजना व्यवस्थापक रहेर सञ्चालित स्किम हो।

पछिल्लो वित्तीय विवरण अनुसार, यसको प्रति इकाइ खुद सम्पत्तिको मूल्य १६ रुपैयाँ छ।