सरकारले नयाँ ल्याउने भन्दाभन्दै विष्णु पौडेलले ल्याएकै बजेट अध्यादेश संसदमा दर्ता 

बिजमाण्डू
२०७८ साउन ३ गते १२:२३ | Jul 18, 2021
सरकारले नयाँ ल्याउने भन्दाभन्दै विष्णु पौडेलले ल्याएकै बजेट अध्यादेश संसदमा दर्ता 

Tata
GBIME
Nepal Life

काठमाडौं। पूर्व अर्थमन्त्री विष्णुप्रसादले ल्याएको बजेट अध्यादेश संघीय संसदमा पेश भएको छ। सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेसँगै अध्यादेश दर्ता भएको हो। 

संसद विघटन भएको भएको समयमा पूर्व अर्थमन्त्री पौडेलले बजेट अध्यादेशमार्फत ल्याएका थिए। अर्थमन्त्री जनार्दन शर्माले बजेट अध्यादेश संसदमा पेश हुने जानकारी दिइसकेका छन्। नयाँ बजेट ल्याउने हल्लाका बीच संसदमा बजेट पेश गर्न लागिएको हो। 

बजेट अध्यादेशलाई संसदले नै संशोधनसहित पारित गर्ने नयाँ सरकारको तयारी छ। मन्त्री शर्माले वर्तमान आर्थिक परिवेशको श्वेतपत्र जारी गर्ने तयारी गरेका छन्।

यस्तै बजेट अध्यादेशलाई नै संशोधन गरी लागू गर्ने सरकारको तयारी छ। अध्यादेश संसदमा छलफल भइसकेपछि संशोधनसहित पारित गर्ने तयारी सरकारको छ। कुनै पनि अध्यादेश संसद सुरु भएको ६० दिनभित्र संसदबाट पास भइसक्नुपर्ने छ। चालु वर्षको लागि १६ खर्ब ४७ अर्बको बजेट ल्याइएको छ।