कोभिड उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्रीमा भन्सार छुट दिने निर्णय, बिक्रीको अनुगमन हुने

बिजमाण्डू
२०७८ जेठ ५ गते १७:१९ | May 19, 2021
कोभिड उपचारमा प्रयोग हुने स्वास्थ्य सामाग्रीमा भन्सार छुट दिने निर्णय, बिक्रीको अनुगमन हुने


काठमाडौं। सरकारले कोभिड उपचारका लागि प्रयोग हुने ‍औषधी र स्वास्थ्य सामाग्रीहरुमा भन्सार महसुलसहितका कर छुट दिने भएको छ ।

Tata
GBIME

कोभिड महामारी फैलिरहेको र  स्वास्थ्य सामाग्रीहरुको अभाव देखिन थालेपछि आयात तथा आपूर्तिलाई सहजीकरण गर्ने निर्णय भएको उपभोक्ताहित संरक्षण विभागले जनाएको छ। विभागका अनुसार स्वास्थ्य सामाग्री  आयातकर्ता  वितरक तथा बिक्रेतालाई रेम्डिसिभिर औषधिको अधिकतम खुद्रा मूल्य सार्वजनिक गरी सर्वसुलभ रूपमा बिक्री गर्न समेत निर्देशन दिएको छ।

 विभागले  अक्सिजन सिलिण्डर, मेडिकल ग्रेड,  लिक्विड अक्सिजन कन्टेनर, ट्यांक, अक्सिजन सिलिण्डर भल्भ, सिरिन्ज पम्म ,अक्सिजन फ्लोमिटर,  कम्प्रेसर, आइसीयू मोनिटर, बेड, भेन्टिलेटर मास्क, अक्सिजन रेगुलेटर  लगायतका सामाग्रीहरुमा भन्सार शुल्क र कर छुट दिने निर्णय गरेको हो।

कर, महसुल छुटमा आयात हुने औषधी तथा स्वास्थ्य सामाग्रीको मूल्य गुणस्तर एवं बिक्री वितरण अनुगमन हुने जानकारी विभागले दिएको छ।