अक्सिजन प्लान्ट राख्न पाटन, भेरी र डडेलधुरा अस्पताललाई पौने ६ करोड रुपैयाँ बजेट स्वीकृत

बिजमाण्डू
२०७८ जेठ १ गते १२:१२ | May 15, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। अर्थमन्त्री विष्णु पौडेलले ३ वटा अस्पतालमा अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ बजेट स्वीकृत गरेका छन्।

मन्त्री पौडेलले अर्थमन्त्रीको पदभार ग्रहण गर्दै राजधानीको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, नेपालगञ्जको भेरी अस्पताल र डडेलधुराको डडेलधुरा अस्पतालको लागि पाँच करोड ८३ लाख रुपैयाँ बजेट स्वीकृत गरेका हुन्।

मन्त्री पौडेलले बजेट तयारीको काम अन्तिम चरणमा रहेको र कोभिड-१९ को महामारीले प्रभावित अर्थतन्त्रलाई पुनरुत्थान र गतिशील बनाउने संकल्पका साथ बजेट ल्याउने दाबी गरे।  

उनले कोभिड-१९ लाई रोकथाम तथा नियन्त्रण गर्न सम्पूर्ण शक्ति, स्रोत र सामर्थ्य परिचालित गर्ने भन्दै महामारीविरुद्धको लडाईँलाई थप सघन र प्रभावकारी बनाउने बताए। 

मन्त्री पौडेलले कोभिड-१९ बाट संक्रमित भएकाहरुको परीक्षण र उपचारका लागि आवश्यक सबै प्रयासहरुलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।