रिलायन्स फाइनान्स मर्जरमा जाने, डीडीए गर्ने अधिकार बोर्डलाई, १० प्रतिशत बोनस सेयर दिने निर्णय

बिजमाण्डू
२०७७ चैत्र २५ गते ०९:०१ | Apr 7, 2021

Tata
GBIME
Nepal Life

काठमाडौं। रिलायन्स फाइनान्स पनि मर्जरमा जाने भएको छ। कम्पनीले बैशाख २२ गतेका लागि डाकेको बार्षिक साधारणसभामा मर्जर तथा प्राप्तिलाई प्राथमिकतामा राखेको छ।

फाइनान्सले बाणिज्य बैंक, विकास बैंक र फाइनान्स जोसँग पनि मर्जरका लागि जान सकिने भनेर बाटो खुला राखेको छ। मर्जरका लागि सहमति गर्ने, डीडीए गर्ने जिम्मेवारी सञ्चालक समितिलाई दिइने प्रस्ताव साधारणसभामा  लैजाँदैछ।

सभामा लाभांशको प्रस्ताव पनि जाँदैछ। कम्पनीले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद लभांश दिने भएको छ। 

अहिले कम्पनीको चुक्ता पुँजी ८३ करोड २४ लाख रुपैयाँ छ। बोनस सेयर दिएपछि चुक्ता पुँजी ९१ करोड ५६ लाख रुपैयाँ पुग्ने छ।