हुलासले ल्यायो कर्कटपातामा अष्ट्रेलियन प्रविधिको गल्भालुम ड्युराकलर, तीन गुणा बढी टिकाउ

बिजमाण्डू
२०७७ फागुन १६ गते १४:५४ | Feb 28, 2021
हुलासले ल्यायो कर्कटपातामा अष्ट्रेलियन प्रविधिको गल्भालुम ड्युराकलर, तीन गुणा बढी टिकाउ

Tata
GBIME

काठमाडौं। मुलुकमा पहिलो पटक रंगिन जस्तापाता उत्पादन थाल्ने कम्पनी हुलास स्टील इन्डष्ट्रिजले कर्कटपातामा नयाँ भेराइटीको उत्पादन सुरू गरेको छ। 

अष्ट्रेलियन प्रविधिको गल्भालुम कर्कटपाता उत्पादन थालेको हो। बजारमा यसलाई गल्भालुम र ड्युराकलरको नामबाट बिक्रीवितरण गरिने कम्पनीले जनाएको छ। 

कोल्डरोल्ड सिटमा ५५ प्रतिशत आल्मुनियम, ४३.५ प्रतिशत जिंक र १.५ प्रतिशत सिलिकन कोटिङ गरि उत्पादन हुने गल्भालुम कर्कटपाता अन्य पाताका तुलनामा ३ गुणा बढी टिकाउ हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

दिवाकर गोल्छा कर्पोरेसनअन्तर्गतको हुलास स्टीलले अष्ट्रेलियन प्रविधिको कोटिङ प्रयोगमा ल्याएर उत्पादित यो नयाँ कर्कटपाता बजारमा हुलास डुराकलर ब्राण्डमा पाइने आइतबार जनाएको हो। 

सन् १९८१ मा स्थापना भएको हुलास स्टीलले मुलुकमा पहिलोपटक जापानिज प्रविधिबाट ग्याल्भानाइज कर्कटपाता उत्पादन थालेको हो।  १९८९ मा रंगिन कर्कटपाता उत्पादन थालेको कम्पनीले गल्भालुम र हुलास ड्युराकलर अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको रहेको कम्पनीले जनाएको छ।

हुलासले कालो पाइप, जीआइ पाइप, इलेक्ट्रिक पोल, सटर र डेकिङ प्रोफाइल्स समेत उत्पादन गर्दै आएको छ।