उद्योग दर्ता र अनुमतिः घूसबिना अघि बढ्दैन फाइल, प्रक्रिया पुर्‍याउँदै विदेशी लगानीकर्ता हैरान

बिजमाण्डू
२०७७ मंसिर १९ गते १३:१४ | Dec 4, 2020
उद्योग दर्ता र अनुमतिः घूसबिना अघि बढ्दैन फाइल, प्रक्रिया पुर्‍याउँदै विदेशी लगानीकर्ता हैरान


Tata
GBIME
NLIC

औषधि उत्पादनका लागि अनुमति लिनुपर्ने थियो। सबै कानुनी कागजपत्र छ। तर सुआनको काम अघि बढेन। 'म नियमितरूपमा विभाग धाउन थालेँ तर सबै कर्मचारी 'हुन्छ' मात्र भन्छन् काम अघि बढेन,' उनले भने, 'यो कामका लागि मैले एक जना वकिलसँग सुझाव लिएँ। ती वकिलले मलाई विभागमा कार्यरत एक कर्मचारीले पैसा मागेको बताए।

काठमाडौं। नेपालले मन्त्रिका भाषण र अन्तर्राष्ट्रिय मञ्चहरूमा वैदेशिक लगानीकर्तालाई स्वागत गरिरहेको छ। लगानीकर्ता आए काम गर्न सहज वातावरण दिने प्रतिबद्धता सुन्दा सुन्दर छन्। तर प्रजातन्त्र होस् वा गणतन्त्रकाल, परिवर्तन हुन नसकेको कर्मचारीतन्त्रको 'घूस' खाने प्रवत्तिले विदेशी लगानीकर्ता हैरान छन्।

लगानी लिएर काम गर्न आएकाहरूलाई झन्झटिलो प्रक्रियामा अलमल्याएर निराश पार्ने काम रोकिएको छैन। यसका भुक्तभोगी हुन् चिनियाँ नागरिक यीङ हु सुआन। उनी अहिले उद्योग मन्त्रालय र विभाग धाएको धाएकै छन्। 'टेबलमुनिबाट आएको मागमा हात खुकुलो नगर्दा' प्रत्येक पटक प्रक्रियाकै अल्मल्याइँदा निराशा उनको हात लागेको छ। तर प्रयास गर्न छाडेका छैनन्। नेपाल सरकारद्वारा निर्धारित सबै प्रक्रिया पुर्‍याए पनि उनलाई कर्मचारीले झुलाएको झुलाएकै छन्।

२०५३ सालमा नेपालमा ६ जना लगानीकर्ता लिएर आएका उनले हेङ सेङ इन्टरप्राइजेज उद्योग दर्ता गरेका थिए। काठमाडौंको धापासीमा खोलेको उक्त उद्योगले तयारी पोसाकका लागि धागो उत्पादन गर्थ्यो। ६ जनाको समूहले ५ लाख रोपनीको दरले २४ रोपनी जग्गामा १ करोड ५ लाख लगानी गर्‍यो। उद्योगले केही समय धागो अमेरिकासमेत निर्यात गर्‍यो। तीन वर्ष सञ्चालन गरेपछि उद्योगको बजार राम्रो भएन। २ करोड २४ लाख लगानीको यो उद्योग अन्ततः बन्द हुन पुग्यो। 

त्यसपछि उनले नेपालमा ग्यास उद्योग खोल्नका लागि प्रक्रिया सुरु गरे। चिनियाँ प्रविधिको केमिकल ग्यास उत्पादन गर्ने उद्योगका लागि सबै कागजात तयार पार्न एक वर्ष लाग्यो। उद्योग दर्ताका लागि उद्योग विभागमा निवेदन दिए। सुआनको टिमले ग्यास उद्योगमा ६ करोड अमेरिकी डलर (करिब ६ अर्ब रुपैयाँ) लगानी गर्ने तयारी गरेका थिए। उद्योग दर्ता गर्न विभागमा उनी सयौं पटक धाए। तर दर्ता गर्न पाएनन्।

दुई विभागबाट लाइसेन्स लिँदा उता उद्योग विभागको अनुमतिको समय सकियो।  'यसरी मैले नेपालमा कसरी काम गर्न सक्छु?' सुआन प्रश्न गर्छन्, 'नेपालको सरकारी प्रक्रियाबाटै मैले तीन वर्ष यत्तिकै बिताउनु परेको छ। पोलिसीमा घुम्दा-घुम्दै समय बित्यो। अब कहिले उद्योग स्थापना गरेर मैले उत्पादन सुरु गर्ने?' 

ग्यास उद्योग स्थापना गर्ने योजना असफल भएपछि उनले औद्योगिक क्षेत्र निर्माण गर्नका लागि प्रक्रिया अघि बढाए। महोत्तरीको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोसँग औद्योगिक क्षेत्र निर्माण गर्ने सम्झौतासमेत भयो। उनको टिम ३० लाख रुपैयाँ खर्चेर डीपीआर गर्ने तयारीमा लाग्यो।

'सबै तयारी भइसकेको थियो, हामीले सम्झौता पनि गरेका हौं तर केन्द्र सरकारले यो कहाँ स्थानीय तहको अधिकार हो, पहिले हामीसँग सम्झौता गर्नुपर्छ भनेर रद्द गरिदियो,' मेयर महतोले भने, 'दुई वर्ष हुन लाग्यो, अहिलेसम्म न केन्द्रले यो बारे कुनै खबर पठाउँछ, न काम गर्न दिन्छ।' उक्त योजना आफ्नो नगरपालिकाको विकासका लागि महत्त्वपूर्ण हुने ठानेका सबै निराश रहेको उनले बताए। 

गौशालामा औद्योगिक क्षेत्र स्थापनाका लागि लागि सुआनको टिमले लगानी बोर्डका पूर्व सीईओ महाप्रसाद अधिकारी, पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग समेत भेट्यो। तर यो योजनाका लागि पनि स्वीकृति पाउन सकेनन्। यो योजनाका लागि प्रक्रियामै एक वर्ष बित्यो। सरकारले स्वीकृति दिएन।  

'मैले २४ वर्षदेखि नेपालमा व्यावसायिक वातावरणको अध्ययन गरिरहेको छु। नेपालको कानुन एकातिरबाट हिडिरहेको छ तर काम अर्कै बाटो हिडिरहेको छ। कसैले यहाँको कानुन मानेको पाइँदैन,' सुआन भन्छन्, 'म नेपाल व्यवसाय गर्न नेपाल आएको २४ वर्ष भयो। मैले चीनको केन्द्र सरकारबाट नेपालमा काम गर्न अनुमति लिएको छु।' 

नेपालमा उद्योग स्थापनाको योजना बनाएदेखि नै समस्यामुक्त हुन नसकेको उनी बताउँछन्। 'मैले उद्योग स्थापनाका लागि नेपाल सरकारले बनाएको औद्योगिक क्षेत्रहरुको अध्ययन गरेँ। तर नेपालका औद्योगिक क्षेत्र नाम मात्रैका रहेछन्। न सडक राम्रो छ, न विद्युत न पानीको व्यवस्थापन। यस्तो औद्योगिक क्षेत्रमा कसले उद्योग स्थापना गर्छ?' उनी भन्छन्,  'मैले सरकारी निकायबाट कुनै सहयोग पाइँन।'

उनको टिमले लगानी बोर्डका पूर्व सीइओ महाप्रसाद अधिकारी, पूर्व उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग समेत भेट्यो। तर यो योजनाका लागि पनि स्वीकृति पाउन सकेनन्। यो योजनाका लागि प्रक्रियामै एक वर्ष बित्यो। सरकारले स्वीकृति दिएन।  

आफ्नो योजनाका बारेमा उनले विभागका तत्कालिन महानिर्देशक जीवनप्रकाश सिटौलासँग भेट्न चाहे। तर उनले पनि सजिलै समय दिन मानेनन्। 'मैले जबर्जस्ती गरेपछि उनी भेट्न तयार भए। त्यसको केही समयमै विभागमा नयाँ महानिर्देशक आए। उनलाई भेट्न मलाई दुई महिना कुर्नु पर्‍यो,' सुआन सुनाउँछन्। 

'मैले साढे २ वर्षको प्रयासपछि आयुर्वेदिक उद्योग स्थापना गर्ने योजना बनाएँ। यो उद्योगका लागि विभागले एक वर्षको नवीकरण गर्‍यो। मैले उद्योग विभागबाट लगानी स्वीकृत गराएर औषधि विभागमा लाइसेन्सको लागी निवेदन दिएँ। त्यहाँ मैले ६ महिना कुर्नुपर्‍यो,' उनले भने, 'त्यसपछि आयुर्वेद विभागबाट लाइसेन्स लिन अघि बढेँ। त्यहाँ पनि ६ महिनाभन्दा बढी समय कुर्नु पर्‍यो।'

दुई विभागबाट लाइसेन्स लिँदा उता उद्योग विभागको अनुमतिको समय सकियो।  'यसरी मैले नेपालमा कसरी काम गर्न सक्छु?' सुआन प्रश्न गर्छन्, 'नेपालको सरकारी प्रक्रियाबाटै मैले तीन वर्ष यत्तिकै बिताउनु परेको छ। पोलिसीमा घुम्दा-घुम्दै समय बित्यो। अब कहिले उद्योग स्थापना गरेर मैले उत्पादन सुरु गर्ने?' 

कम्पनीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको लक्ष्य राखेको छ। 'हामीले नेपालमा पाइने प्राकृतिक जडिबुटीको प्रयोग गरेर औषधि उत्पादनको तयारी गरेका छौं,' व्यावसायी सुआनले भने, 'उत्पादित औषधिको बिक्री चिनियाँ बजारमा हुनेछ।' उद्योगलाई आवश्यक पर्ने सबै पूर्वाधारहरु चीनमा तयार भइसकेको छ। सीमानाका सहज भएपछि नेपाल ल्याउने तयारी छ। 

कर्मचारीसँग लफडा
औषधि उत्पादनका लागि अनुमति लिनुपर्ने थियो। सबै कानुनी कागजपत्र छ। तर सुआनको काम अघि बढेन। 'म नियमितरूपमा विभाग धाउन थालेँ तर सबै कर्मचारी 'हुन्छ' मात्र भन्छन् काम अघि बढेन,' उनले भने, 'यो कामका लागि मैले एक जना वकिलसँग सुझाव लिएँ। ती वकिलले मलाई विभागमा कार्यरत एक कर्मचारीले पैसा मागेको बताए। कानुनअनुसार सबै कागजी प्रक्रिया पुर्‍याएकाले लगानीकर्तालाई काम गर्न प्रोत्साहित गरिनुपर्नेमा त्यस्तो प्रस्ताव अनपेक्षित थियो। मलाई विश्वास लागेन, ती कर्मचारीलाई भेट्न भनेँ।'

किन अनुमतिको काम रोकिएको हो भन्ने छलफल गर्न सम्बद्ध कर्मचारीहरूसँग कफीशपमा बस्ने सल्लाह भयो। 'सुरुमा उनीहरु मसँग मोबाइल तथा अन्य सामाग्री कुनै साथमा नलिन भने। उनीहरुको आग्रह बमोजिम नै मैले मोबाइल लगायत सामाग्री टाढै राखेर कुरा सुरु गरेँ,' उनले सुनाएँ, 'सुरुमै उनीहरुले मसँग ३० लाख रुपैयाँ मागे। मैले सोधेँ किन? तीनमध्ये एक  कर्मचारीले यति ठूलो योजना छ यति दिदा के हुन्छ त तिमीलाई, काम सजिलै सकिन्छ भने। मैले भने यो तिमीहरुको व्यक्तिगत जीवनका लागि लगानी गर्ने होइन।'

'यो त मेरो योजनाका लागि हो।  यदि मेरो कागजपत्र पूरा नभए मसँग भन्नुस् । म सबै पूरा गर्छु। म यस्तो छ नेपालको ब्युरोकेसी जहाँ म प्रत्यक्ष सहभागी थिए। यो मैले भोगेको प्रतिनिधि घटना मात्रै हो,' सुआन भन्छन्, 'मँसग ३ हजारदेखि ३० लाखसम्म अन्डर टेबल रकम माग्ने धेरै छन्। यहाँका सरोकारवाला निकायहरु आफूले लाभ नपाए कुनै हालतमा काम नगर्ने र यहाँ पैसाको बलमा कानुन मिचेर काम गर्ने धेरै रहेछन्। म जस्ता कानुनी प्रक्रिया पुर्यााएर काम गर्छु भन्ने मान्छेले भने सधैं समस्या भोगिरहनु पर्ने रहेछ।'

'मैले नेपालमा धेरै सम्भावना देखेको छु तर यहाँ विकासको कुरामा कसैलाई चासो भएको पाइँन। यहाँको जनताको अवस्था पनि मलाई राम्ररी थाहा छ। तर सीमित व्यक्तिको स्वार्थमा असीमित विकासको कामहरु रोकिइरहेको छ,' उनी भन्छन्, 'मलाई लाग्छ म नेपालमा बिताएको समयमा पूर्णरूपमा फेल भएँ।' 

आफ्नो योजनाका बारेमा उनले विभागका तत्कालिन महानिर्देशक जीवनप्रकाश सिटौलासँग भेट्न चाहे। तर उनले पनि सजिलै समय दिन मानेनन्। 'मैले जबर्जस्ती गरेपछि उनी भेट्न तयार भए। त्यसको केही समयमै विभागमा नयाँ महानिर्देशक आए। उनलाई भेट्न मलाई दुई महिना कुर्नु पर्‍यो,' सुआन सुनाउँछन्। 

२ अर्ब लगानीमा औषधि उद्योग
सुआनसहित २० जना चिनियाँ लगानीकर्ताले २ अर्ब लगानीमा लगानीमा मकवानपुर जिल्लामा उद्योग खोल्ने तयारी गरेको छ। शतप्रतिशत चिनियाँ लगानीमा उद्योग स्थापनाको तयारी भएको हो। 

उद्योग स्थापनाका लागि कम्पनीले मकवानपुर जिल्लामा ८० रोपनी जग्गा खरिद गरिसकेको छ। उद्योगले प्रतिकट्ठा ८ लाखको दरले जग्गा खरिद गरेको हो। जग्गा कम्पनीले आफ्नो नाममा गरिसकेको छ। यसअघि कम्पनीको धापासीमा रहेको उद्योगको २४ रोपनी जग्गा बिक्री गरी मकवानपुरमा जग्गा खरिद गरेको हो। उद्योगले धापासीमा १८ वर्षअघि ५ लाखमा खरिद गरेको जमिन एक करोड प्रतिरोपनीमा बिक्री गरेको थियो।

यस्तै उद्योगले नवलपरासी जिल्लामा ३ सय रोपनी जग्गा खरिद गर्ने तयारी गरेको छ। औषधि उद्योगको २ योजना रहेको व्यवसायी सुआनले बताए। उनका अनुसार कम्पनीले नेपालमा जडिबुटी संकलन गरी आयुर्वेद औषधि उत्पादन गर्नेछ। यस्तै आवश्यक कच्चा पदार्थका लागि जडिबुटी  खेतीसमेत गर्नेछ। स्थानीयको नाममा भएको जग्गा खरिद गर्न कम्पनीले तयारी अघि बढाइसकेको छ। 

व्यवसायी सुआनका अनुसार उनको कम्पनीले काम गर्न चाहेको क्षेत्रमा जगंल नजिक छ। उक्त क्षेत्रमा जडिबुटी खेती गर्न वन, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहको अनुमति लिएपछि मात्र खरिद प्रक्रिया अघि बढ्नेछ। उनले थपे 'यो देशमा धेरै प्रक्रिया अघि बढे पनि एउटै निकायले नै सजिलै काम रोक्न सक्ने रहेछ। त्यसैले सबैको अनुमति लिएर मात्र जग्गा खरिदको काम अघि बढाउनेछु।' 

कम्पनीले नेपालमा पाइने जडिबुटीबाट औषधि उत्पादनको लक्ष्य राखेको छ। 'हामीले नेपालमा पाइने प्राकृतिक जडिबुटीको प्रयोग गरेर औषधि उत्पादनको तयारी गरेका छौं,' व्यावसायी सुआनले भने, 'उत्पादित औषधिको बिक्री चिनियाँ बजारमा हुनेछ।' उद्योगलाई आवश्यक पर्ने सबै पूर्वाधारहरु चीनमा तयार भइसकेको छ। सीमानाका सहज भएपछि नेपाल ल्याउने तयारी छ। 

यो उद्योगले हर्बल पाउडर ४ सय टन, यस्तै आयुर्वेदिक तेल ४ हजार ७ सय लिटर उत्पादन गर्ने लक्ष्य राखेको छ। यस्तै सुक्खा हर्ब ३ सय मेट्रिकटन उत्पादन गर्ने लक्ष्य लिएको छ। उद्योग सञ्चालनमा आए एक सय जनाभन्दा बढी स्थानीयले रोजगारी पाउनेछन्।

आयुर्वेद औषधि उद्योगका लागि सामूहिक लगानीमा २ अर्ब लगानी ल्याउन राष्ट्र बैंकले स्वीकृति दिइसकेको छ। लगानी नेपाल ल्याउन प्रक्रिया सुरु भइसकेको व्यवसायी सुआनले बताए।

उद्योग स्थापनाका लागि कम्पनीले मकवानपुर जिल्लामा ८० रोपनी जग्गा खरिद खरिसकेको छ। उद्योगले प्रतिकट्ठा ८ लाखको दरले जग्गा खरिद गरेको हो। जग्गा कम्पनीले आफ्नो नाममा गरिसकेको छ। यसअघि कम्पनीको धापासीमा रहेको उद्योगको २४ रोपनी जग्गा बिक्री गरी मकवानपुरमा जग्गा खरिद गरेको हो। उद्योगले धापासीमा १८ वर्षअघि ५ लाखमा खरिद गरेको जमिन एक करोड प्रतिरोपनीमा बिक्री गरेको थियो।

इन्भेष्मेन्ट कम्पनी खोल्ने तयारी
सुआनको समूहले नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न इन्भेष्टमेन्ट कम्पनी खोल्ने तयारी गरेको छ। २० जनाको लगानीमा नेपालमा हाउजिङ लगायत व्यावसायमा लगानी गर्न इन्भेष्टमेन्ट कम्पनी खोल्ने तयारी गरेको व्यावसायी सुआनले बताए। कम्पनी दर्ताका लागि उद्योग विभागमा निवेदन दिइएको छ। 

उक्त निवेदन उपर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अध्ययन गर्न सहसचिवको नेतृत्वमा एक समिति गठन गरेको छ। समितिले काम अघि नबढाएर ढिला गरिरहेको व्यवसायी सुआनले बताएका छन्।