लकडाउनमै कर तिर्न सरकारको उर्दी, राजस्व सचिवले भने-‘तलब करबाटै खुवाउने हो, निहुँ बनाउन पाइदैन’


काठमाडौं। सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै लकडाउनको अवधि जेठ ३२ गतेसम्म थपेको छ। यो अवधिमा अत्यावश्यक बाहेकलाई घरभित्र बस्न सरकारको उर्दी छ।

तर अर्थमन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले जेठ २५ गतेभित्र कर तिर्न सूचना जारी गरेको छ। यो सूचनापछि उद्योगी व्यवसायीले तीव्र असन्तुष्टी जनाएका छन्। तर राजस्व सचिव रामशरण पुडासैनीले उद्योगी व्यवसायीले जेठ २५ गतेभित्र कर नबुझाए कानुन अनुसार अघि बढ्ने बताएका छन्।

Sipradee
Sanima Bank
Riddisiddi Cement

‘कोरोना संक्रमणका कारण तीन महिना कर बुझाउने मिति थपिएको थियो। तर अब सकिदैन,’ उनले बिजमाण्डूसँग भने, ‘तोकिएको समयमा नबुझाए ब्याज र जरिवाना तिर्नुपर्छ।‘ राज्य अहिले विषम परिस्थितिमा रहेको बताउँदै कोरोना संक्रमितको औषधि उपचार, राहत र उद्योगी व्यवसायीका लागि छुट लगायतका दायित्वका लागि कर उठाउनुपर्ने बाध्यात्मक अवस्था रहेको उनले बताए।

‘हामीलाई अहिले धेरै दायित्वहरु छन्। कर्मचारीलाई तलब पनि कर उठाएर नै दिने हो,’ पुडासैनीले भने, ‘ राज्यको दायित्वको स्रोत कर नै हो।’ लकडाउनका कारण आयस्रोत नै सुकेपछि कर्मचारीलाई तलब दिन पनि सरकारलाई कठिन परिसकेको छ। कर्मचारीलाई सबै आम्दानीबाट तलब दिन मिल्दैन। राजस्व लगायतका शीर्षकबाट मात्रै मिल्ने भएकाले समेत जेठ २५ को समयसीमा तोकेको हो।

उनले सधैं कर ‘डिफर’ गरेर राज्य संचालन गर्न समेत कठिन हुने बताउँदै उद्योगी-व्यवसायीका लागि अरु विकल्प दिन नसकिने स्पष्ट पारे। ‘हामीले नयाँ सिर्जना गरेर देउ भनेका होइनौं। फागुनदेखि तीन महिना सारेको पैसा बुझाउन भनेका हौं,’ पुडासैनीले भने। उनले लकडाउनको कारण देखाएर उद्योगी-व्यवसायी उम्किन नपाउने समेत स्पष्ट पारे।

‘बैंकहरु खुलेका छन्। उहाँहरुले पास पनि लिएर हिडिरहनुभएको छ। भ्याटको विवरण र आयकरको विवरण अनलाइनमार्फत भरेर बैंकमा पैसा  तिर्न सक्नुहुन्छ,’ उनले भने, ‘नयाँ निहुँ बनाएर कर तिर्दिन भन्न पाउनुहुन्न।’ पुडासैनीले एक महिना अघिदेखि नै ४४ वटा उद्योग संचालन गर्न दिइसकेको बताउँदै त्यसैले अब कर तिर्ने समय बढाउन नसकिने बताए।

आन्तरिक राजस्व विभागले मंगलबार सूचना जारी गर्दै कर र कर विवरण बुझाउन भनेको छ। सूचनामा 'कोभिड-१९ को संक्रमणबाट उत्पन्न असहज परिस्थितिका कारण करदाताहरुले आवधिक रूपमा बझाउनुपर्ने कर विवरण, आय विवरण तथा ती विवरण अनुसार भुक्तानी गर्नुपर्ने कर दाखिला गर्ने म्याद नेपाल सरकारको निर्णयानुसार थप गरिएको छ' भनिएको छ। यो सूचनापछि उद्योगी व्यवसायीले तीव्र असन्तुष्टी जनाएका छन्।

सूचना अनुसार उक्त थप गरिएको म्यादभित्रै विवरण र कर बुझाएमा शुल्क, थप दस्तुर, ब्याज तथा जरिवाना नलाग्ने बताइएको छ। सूचना बमोजिम व्यवसायीले जरिवानाबाट बच्न जेठ २५ गतेभित्रै कर तथा विवरण पेश गरिसक्नु पर्नेछ।

विभागका अनुसार मूल्य अभिवृद्धि कर ऐन, २०५२ बमोजिम २०७६ साल फागुन र चैत महिनाको मासिक कर विवरण, माघ र फागुन महिनाको र मंसिर (फागुनको चौमासिक कर विवरण) बुझाउनु पर्नेछ।


Share this Story

   

Surendra Pradhan[ 2020-06-02 11:03:36 ]
उद्योग, पसल, श्रीमतिको गर-गहना, घरका भांडा-कुंडा, आफु बसेको आवास, जे बेच्न परे पनि बेचनुस, तर कर चै तिर्नै पर्छ-स्पष्ट कुरा।

त्यों पनि जेष्ठ २५ गते भित्रै।

यस्ता बेला पनि कर नतिर्ने भए, किन हामीलाई भोट दिएको त।
copied


रमेश मान श्रेष्ठ[ 2020-06-02 07:09:01 ]
😂😂😂 राजश्व उठाएको पैसा तलब खुवानु पनि धौ धौ छ । उदीॅ जारी नगरे क्या गनुॅ । 8 खरब राजश्व 9 खरब चालु खचॅ ।


Anamika Adhikari[ 2020-06-02 04:21:08 ]
K ko talab salab. K kuro ko talab. Gharma thapakka baseko talab Dina paryo. Ki anawasek vasan guff ko talab. K garyo Kun netale khai? Covid patient treat garyo ki, quarantine ko bebastha ko lagi kharcha garyo ki, business sharu Lai rahat dilayo ki, garib Lai rahat dilayo ki Ghar Ghar ma gayera k garyo??? K ko talab. Arko gadi thapna , arko Ghar jagga jodna janta ko haddi pasina chusne jaile ! Thukka !


Nawaraj Dallakoti[ 2020-06-02 08:05:19 ]
ए गोरुहरु हो ब्यबसायिले निहुबनाएका हुनकि पिडामा छन यतिपनी छुट्याउन सक्ने ल्याकत छैन?ब्यबसायिको घाउमा अहिले नुनचुक छर्क छिट्टै तिमिहरुको पनि पालो आउँछ।


Yub Raj[ 2020-06-02 07:38:40 ]
किन तलब खुवाउनु ऐले, काम नै नगरेपछी! जब राजस्व तिर्न सक्ने ब्यबसयीको क्षमता हुन्छ, अनि तलब खुवाउन नि....


Rajeev Sharma[ 2020-06-02 07:03:31 ]
Pasal kholna nadini Kar tirna parxa vanne sarkar ko dadagiri vayena yo


Sbedi Jagan[ 2020-06-02 11:00:50 ]
ए सरकार अलिकति पनि शरम् छैन
वेपारी हरुले अाफ्नै रिक्समा पसल खोल्दा पुलिस् अाएर गाली गर्दै बन्द गर्छस् कि तलाई कोचुम् भन्छ
अनि करतिर बाहाना नबनाउ भन्छौ


Murari Koirala[ 2020-06-02 08:01:37 ]
लकडाउन चाहि नखोल्ने ॥घर वस भन्ने ॥कर तिरचाहि भन्ने अलिकतिपनि लज छईन ॥ कर्मचारिलाई


Dhira Khadka[ 2020-06-02 01:56:10 ]
तिमिहरूले एक महिना तलब नखादायस्ताे व्यापारि अाज७१ दिनदेखि घरभित्रथुनिए केखाए हाेलान घरभाडा कसरी तिरे हाेलान भन्ने छैनकर तिरभन्ने नालायक सरकार


Rupchandra Sapkota[ 2020-06-12 02:48:15 ]
हिड्न पाईन्न कताकाे कर कहाँ बाट दिने ?


Ramesh Kazi Shrestha[ 2020-06-02 10:36:15 ]
yo 1 barsha talab na khaa na ta ?? Corona kal samjhera 🤣🤣🤣🤣


Ramesh Shrestha[ 2020-06-02 09:14:34 ]
कर मन्त्री हुन कर तिर्न कर कर त गर्ने नै भय फेरि सांसद् पाल्नु छ, कुर्सी बचाउनु छ। सबैले मिलेर यस्ता आदेश को अवेगा गर्ने नी अब।


Mohn Raut[ 2020-06-02 08:33:21 ]
रास्ट्रपतिको घरमा कार्पेट किन्न पैसा पुगेन हो??


Ayodhya Jung Rajbhandari[ 2020-06-02 07:54:22 ]
कर्मचारी तलब खाने अरु ले हावा खाने?


Dipesh Dhakal[ 2020-06-02 03:00:35 ]
कर जहिले पनि करलेनै तिर्ने हो तेसैले नाम नै काफी छ "कर" ।


Kazi Thapa Magar[ 2020-06-02 07:38:20 ]
yadi sarkari karmachari laai talab khuwaunai thiyo bhane, yati laamo lockdown kina garnu paryo ? bigat 70 din dekhi pasal banda xa byapar garna paako chhaina kaha bata kasari kar tirne ? kasari bank ko interest tirne ?


Pravin Tiwari[ 2020-06-02 08:35:58 ]
This is nepal 🇳🇵!! जे हुन्छ यिनीहरूलाई हुन्छ !! सबैले बहिस्काक गरौ !!


Mahesh Dahal[ 2020-06-02 07:41:22 ]
Ghar basera talab


Prakash Shrestha[ 2020-06-02 07:23:56 ]
सरकारी कर्मचारी काे भ्रष्टाचारको अकुत सम्पत्ति छ private company काे कर्मचारी लाइ तलब खुवाउनु परदैन त नालायक


Looja Man Rajbhandari[ 2020-06-02 07:04:36 ]
अब भन्नुस कुन धरातलमा घरवेटिलाई बहाल छुट दे भन्न पाईन्छ!!!


Surendra Bikram Prajapati[ 2020-06-02 08:37:55 ]
No tax for this year


Ramesh Shrestha[ 2020-06-02 07:57:01 ]
Aafai Khana vana na


Sanjan Awale[ 2020-06-05 03:19:51 ]
ajab-gajab ko NEPAL KO NIYAM😇😇😇😇😇😇😇


Durgapd Pokharel[ 2020-06-02 06:05:52 ]
लाज सरम केही नभएको


Binod Thapa[ 2020-06-02 08:01:08 ]
त्यतिबेला कोरोना लाग्यो भने 🙂


Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
Ncell