गहुँ भित्र्याउने चटारो, कृषि योगदान हरेक वर्ष घट्दै, भक्तपुरका किसान यसरी भित्र्याउँदैछन् गहुँ

बिजमाण्डू
२०७७ जेठ ७ गते १०:०३ | May 20, 2020

Tata
GBIME
Nepal Life

काठमाडौं। भक्तपुरका किसान यतिखेर गहुँ भित्र्याउँदैछन्। गहुँ भित्र्याएपछि धान रोप्ने तयारी गर्न उनीहरुलाई भ्याइनभ्याइ हुन्छ।

थ्रेसर मेसिनको प्रयोगले परम्परागत रूपमा गहुँ चुट्ने चलन विस्थापित गरिसकेको छ। मेसिनको प्रयोगले काम छिटो हुने र मानिसहरु पनि थोरै भए पनि पुग्ने गर्छ।

यी दृष्यहरु भक्तपुरको सिरुटारको हो जहाँ गहुँ भित्र्याइँदैछ। 

तथ्यांक विभागका अनुसार, कृषि तथा वन क्षेत्रको कुल गार्हस्थ उत्पादनमा २८.२ प्रतिशत योगदान रहेको छ। मानिसहरु कृषि क्षेत्रबाट पलायन हुन थालेपछि यसको योगदान हरेक वर्ष घटिरहेको छ। कृषि भित्रको डालोमा गहुँको हिस्सा धान र मकै पछाडि छ।