निक्षेपको अनुपातमा लगानी नहुँदा कृषि विकास बैंकको खुद व्याज आम्दानी घट्यो, नाफा ६० करोडमाथि

बिजमाण्डू
२०७६ कात्तिक २७ गते १०:४९ | Nov 13, 2019


काठमाडौं। कृषि विकास बैंकले निक्षेप संकलनको अनुपातमा कर्जा विस्तार गर्न नसक्दा खुद व्याज आम्दानी खुम्चिएको छ।

Tata
GBIME

व्याज आम्दानी ७ प्रतिशतले बढ्दा व्याज खर्च भने थप २३.८९ प्रतिशतले बढेको हो। व्याज खर्च बढ्दा खुद व्याज आम्दानी ८.२९ प्रतिशतले घटेर एक अर्ब ६६ करोड रुपैयाँ आर्जन गरेको छ।

खुद व्याज आम्दानीमा गिरावट आए पनि नाफा भने गत वर्षको भने १० प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको तीन महिनाको अवधिमा ६० करोड ५५ लाख रुपैयाँ नाफा छ। गत वर्ष ५५ करोड १४ लाख रुपैयाँ थियो।

तीन महिनाको अवधिमा निक्षेप संकलन चार अर्ब रुपैयाँले बढाउदा कर्जा विस्तार भने एक अर्ब रुपैयाँले मात्रै सुधार भएको छ। असोज मसान्तसम्ममा एक खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

चुक्ता पूँजी १४ अर्ब ४४ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० अर्ब ३७ करोड रुपैयाँ जम्मा भएको छ। कर्जा विस्तारमा सुस्त देखिएको बैंकको पूँजीकोष अनुपात १९.९४ प्रतिशतबाट बढेर २०.७७ प्रतिशत पुगेको छ। खराव कर्जा सामान्य सुधार हुँदै ३.७० प्रतिशतमा झरेको छ।

कस्ट अफ फण्ड ७.०७ प्रतिशतबाट ७.३४ प्रतिशत पुगेको छ। स्प्रेडदर ६.०५ प्रतिशतबाट झारेर ५.२६ प्रतिशत कायम भएको छ। यो नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन भन्दा ०.७६ प्रतिशत विन्दु बढी हो। आधार व्याजदर १२.३२ प्रतिशतबाट १०.१८ प्रतिशतमा झारेको छ। प्रतिशेयर आम्दानी तीन रुपैयाँले बढेर २३ रुपैयाँ छ।