कुलमानको स्किमपछि रघुपति जुट मिल्सलाई पुरानो बिल तिर्न ४४ महिनाको समय, मासिक २७ लाख





काठमाडौं। नेपाल विद्युत प्राधिकरणले रघुपति जुट मिल्स प्रालिलाई ४४ किस्तामा पुरानो बिजुलीको बक्यौता तिर्ने सुविधा दिएको छ। 

जुट मिल्सले आफ्नो तिर्न बाँकी रहेको ११ करोड ९० लाख ५५ हजार रुपैयाँ बिल रकम किस्ता बन्दीमा तिर्न पाउँ भन्दै कात्तिक ८ गते प्राधिकरणमा निवेदन दिएको थियो। प्राधिकरण गत १५ गते मिल्सको निवेदनमाथि छलफल गर्दै ४४ किस्तामा तिर्ने सुविधा दिएको हो। 

प्राधिकरणले जुट मिल्सलाई प्रति महिना २७ लाख पाँच हजार आठ सय रुपैयाँ किस्ता रकम तोकिदिएको छ।

TaTa
TVS
Sanima

प्राधिकरण सञ्चालक समितिको बैठकले ट्रंक तथा डेडिकेटेड लाइन लिएङ्का ग्राहकलाई जति महिनादेखि छुट बिल रकम तिर्न बाँकी रहेको हो त्यति नै महिनामा तिर्न सक्ने गरि विद्युत महशुल संकलन विनियमावली संशोधन गर्ने निर्णय गरेको थियो।

महशुल संकलनको लागि सम्पूर्ण कार्यकारी अधिकार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई दिइएको छ।


Share this Story

   

कुलमानको स्किमपछि रघुपति जुट मिल्सलाई पुरानो बिल तिर्न ४४ महिनाको समय, मासिक २७ लाख को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.
ncell