लक्ष्मी बैंक र तिलगंगा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सर उपचारका लागि सम्झौंता

बिजमाण्डू
२०७६ कात्तिक २२ गते १५:०७ | Nov 8, 2019
लक्ष्मी बैंक र तिलगंगा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सर उपचारका लागि सम्झौंता

Tata
GBIME
Nepal Life

काठमाडौं। लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारका लागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङ्गले सो सम्झौतापत्रमा हस्ताक्षर गरे। सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक रुपले विपन्न पृष्ठभुमिका बालबालिकाहरुको आँखाको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागि पाँच लाख बराबरको आर्थिक सहयोग प्रदान गर्ने जनाएको छ।

रटिनो ब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजात शिशु र पाँचवर्ष सम्मका बालबालिकामा देखा पर्छ। विश्वभर १५००० नवजात शिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ।