ग्लोबल आइएमइ बैंकले नयाँ दुई शाखा थप्यो, राजधानीको हरिसिद्धि र रोल्पामा शाखा

बिजमाण्डू
२०७६ असोज १२ गते १६:५४ | Sep 29, 2019
ग्लोबल आइएमइ बैंकले नयाँ दुई शाखा थप्यो, राजधानीको हरिसिद्धि र रोल्पामा शाखा


Tata
GBIME

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आइतबारदेखि दुई वटा नयाँशाखा सञ्चालनमा ल्याएको छ। 

बैंकले काठमाडौं नागार्जुन नगरपालिका हरिसिद्धि र रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ६ होलेरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ दुई वटा शाखा सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या १४६ पुगेको छ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले बैंकलेहाल १४६ शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, १४८ एटिएम, १८९ शाखा रहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत आफ्ना ११ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।