भारतमा विद्युतीय गाडीमा लाग्दै आएको जिएसटी १२ बाट ५% मा झर्यो, नेपाललाई के फाइदा पुग्ला?

बिजमाण्डू
२०७६ साउन १२ गते ०९:४६ | Jul 28, 2019


भारतमा बिद्युतीय सवारीमा लाग्दै आएको गुड्स एण्ड सर्भिस ट्याक्स जिएसटीमा ब्यापक कटौती भएको छ।

Tata
GBIME
Nepal Life

जिएसटी काउन्सिलले आगामी अगस्ट १ तारिखदेखि  लागू हुने गरी बिद्युतीय सवारीमा लाग्दै आएको जिएसटी दर १२ प्रतिशतबाट घटाएर ५ प्रतिशतमा सिमित गर्ने निर्णय गरेको छ।

यसैगरी इ भी चार्जर्सहरुमा पनि लाग्दै आएको १८ प्रतिशत जिएसटी घटेर ५ प्रतिशतमात्र हुने भएको छ।

अर्थमन्त्री नर्मला सीतारमणको अध्यक्षतामा बसेको जीएसटी काउन्सिलको ३६ औं बैठकले यो घोषणा गरेको हो।

काउन्सिलले स्थानीय अधिकारीहरुले दिने विद्युतीय बसको भाडा दरमा पनि जिएसटी छुट दिएको छ। भारतमा विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न यो सहुलियत दिइएको हो।

विद्युतीय सवारी उत्पादकले लामो समयदेखि जिएसटी दरमा कटौतीको माग गरिरहेका थिए। यसै अनुसार केही समय अघि घोषणा गरिएको बजेटमा अर्थमन्त्रीले बिद्युतीय सवारी प्रवर्द्धन लक्षित घोषणा गरेकी थिइन्।

चरणबद्ध रुपले विद्युतीय सवारी तथा ब्याट्री उत्पादक उद्योगहरुलाई स्थापित गर्न नीति आयोगले हालै एक खाका तयार गरिसकेको छ।