चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाणलाई वाईपिओ अवार्ड, सामाजिक कार्यमा योगदान

बिजमाण्डू
२०७५ माघ २४ गते १५:०८ | Feb 7, 2019
चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाणलाई वाईपिओ अवार्ड, सामाजिक कार्यमा योगदान


काठमाडौं। चौधरी गु्रपका प्रवन्ध निर्देशक निर्वाण चौधरीलाई सामाजिक कार्यमा योगदान गरेको भन्दै यङ्ग प्रेजिडेंट्स अर्गनाइजेशन (वाईपीओ)ले सोसियल इन्टरप्राइज नेटवर्क सस्टेनेबिलिटी (सेन) अवार्डद्वारा सम्मानित गरेको छ ।

Tata
GBIME
Nepal Life

चौधरी फाउण्डेसनमार्फत् नेपालको सामाजिक क्षेत्रमा पु¥याएको योगदानका पुर्याएकोले सम्मान गरेको वाईपिओले जनाएको छ।सो संस्थाले आफ्ना सदस्यमध्येबाट  समाज तथा व्यवसायमा सकारात्मक प्रभाव पार्ने विभिन्न व्यक्तित्वलाई सम्मान प्रदान गर्दै आएको छ। शिक्षा,स्वास्थ्य, रोजगार, गरीबीनिवारण, समानता, वातावरण संरक्षण लगायतका क्षेत्रमा प्रभावकारी कामको नेतृत्व गर्ने सदस्यहरू सो अवार्डबाट सम्मानित गरिँदै आएको छ । यो अवार्ड ११ बर्षअघि स्थापनागरिएको हो ।

चौधरी फाउण्डेसले शिक्षा, स्वास्थ्य, उद्यमशिलताविकास, जीविकोपार्जन, विपदव्यवस्थापन, सम्पदा एवं आध्यात्मिकविकास गरी ६ वटा विधामा४३ विविधकार्यक्रम संचालनगर्दै आएकोउल्लेख गरेको छ । २२ वटा दीगो सामाजिक व्यवसाय,तीनहजार बढी विद्यार्थीहरुकालागि छात्रवृती, भूकम्प पीडितहरुका लागि आवास निर्माण एवं नमुना वस्तीविकास, सीपविकास कार्यक्रममार्फत १६हजारभन्दा बढी रोजगारी सृजनागरि फाउण्डेसनले महत्वपूर्ण योगदान पुर्याएको छ । फाउण्डेसनद्वारा निर्माण गरिएको शाश्वतधाम नेपालकै उत्कृष्ट गन्तव्यका रुपमा नेपाल सरकारबाट समेत सम्मानित भईसकेको छ ।