सेलपेले पायो राष्ट्र बैंकबाट सञ्चालन अनुमति, मोवाइलबाटै महशुल तिर्न मिल्ने

बिजमाण्डू
२०७५ पुष १२ गते ०९:५३ | Dec 27, 2018

काठमाडौं। भूक्तानी सेवा प्रदायक सेल कम प्रालिको सेलपे सेवाले राष्ट्र बैंकबाट सञ्चालन अनुमति पाएको छ। 

Tata
GBIME
Nepal Life

सेलपे सेवा मोबाइल तथा वेव एप्लिकेसनको माध्यमबाट आफ्नै बैंक खाता प्रयोग गरी भूक्तानी तथा रकम स्थानान्तरण गर्न सकिने विज्ञप्तिमा उल्लेख छ। सेलपे सेवा पिसिआइ/डिएसएस सुरक्षा प्रणाली अनुपालन गरी विकास गरिएको कम्पनीले जनाएको छ। 

दूरसञ्चार सेवा, बिजुली, खानेपानी, टिभी, इन्टरनेटको महशुल भूक्तानी गर्न सकिन्छ। साथै विभिन्न पसल, रेष्टुरेन्ट, सिनेमा टिकट तथा एक बैंकबाट अर्को बैक खातामा पैसा सार्न सकिने विज्ञप्तिमा उल्लेख छ।