काठमाडौं। एनआर्इसी एशिया बैंकले नेपालगंज उपमहानगरपालिकामा नयाँ दुर्इ शाखा संचालनमा ल्याएको छ।
त्रिभुवन चोकमा रहेको शाखा बैंकका संचालक राजेन्द्रप्रसाद अर्याल र बैजनाथ गाउँपालिकाको सम्झना चोकको शाखा राष्ट्र बैंकका नेपालगंजका निर्देशक विमलराज खनालले उद्घाटन गरे। योसँगै बैंकको शाखा २ सय ६१ पुगेको छ। बैंकको एटीएम २ सय ५३, एक्सटेन्सन काउन्टर र १८ वटा शाखारहित बैंकिङ र्इकार्इ छ।