काठमाडौं। गण्डकी विकास बैकले सिराहाको लहानमा शाखा खोलेको छ। लहान नगरपालिकाका प्रमुख मुनी साह सुडिले शाखाको उद्घाटन गरेका छन्।
नगर प्रमुखले गण्डकी विकास बैकलाई लहानमा स्वागत गर्न पाउँदा खुशी लागेको र यहाँका जनताले सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त गर्ने विश्वास ब्यक्त गरे।
स्वागत मन्तव्य राख्दै बैकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैकको गतिविधी र भावी कार्यक्रम बारे जानकारी गराएका थिए। बैंकका अध्यक्ष सुशिल गौचनले आगामी दिनमा बैकका शाखालाई गाउँ गाउँमा पुर्याउदै वित्तीय पहुच अभिबृद्धि गर्ने बताए।
कार्यक्रममा उद्योग बाणिज्य संघ सिराहाका अध्यक्ष अशोक अमात्य, जेएस मुरारका क्याम्पसका क्याम्पस प्रमुख तुलसीराम पोख्रेलले शुभकामना मन्तव्य राखेका थिए। कार्यक्रमको संचालन शाखा प्रमुख चन्द्रदिप पहाडीले गरेका थिए। बैंकको अब शाखा संख्या ७७ पुगेको छ।