ग्लोबल आइएमइ र लेखनाथसिटी हस्पिटलबीच सम्झौता, २५ प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७५ असोज २४ गते ०९:५६ | Oct 10, 2018
ग्लोबल आइएमइ र लेखनाथसिटी हस्पिटलबीच सम्झौता, २५ प्रतिशतसम्म छुट

काठमाडौं। ग्लोबल आइएमई बैंक र पोखरास्थित लेखनाथसिटी हस्पिटल प्रालि बीच सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

बैंकका डेविट कार्ड, क्रेडिट कार्ड, प्रिभिलेज कार्ड होल्डर, बैंकका कर्मचारी तथा कर्मचारीका परिवारले यो हस्पिटलमा उपचार गर्दा २५ प्रतिशतसम्म छुट दिने सम्झौता भएको हो।

सम्झौतापत्रमा बैंकका गण्डकी प्रदेश प्रमुख अजय थापाको उपस्थितिमा बेगनास शाखाका प्रबन्धक दिनेश अधिकारी र लेखनाथ सिटी हस्पिटलका प्रबन्ध निर्देशक सुजन रानाभाटले हस्ताक्षर गरेका छन्।