युनिलिभरको घोषणा गर्यो विगत ६ वर्षयताकै कम लाभांस, पोहोरभन्दा करिव आधा कम

बिजमाण्डू
२०७५ भदौ २८ गते १४:३० | Sep 13, 2018


काठमाडौं। युनिलिभर नेपालले गत आर्थिक वर्षको नाफाबाट प्रति शेयर ७०० रुपैयाँ नगद लाभांस घोषणा गरेको छ। कम्पने अघिल्लो आर्थिक बर्षमा प्रति शेयर १२७० रुपैयाँका दरले नगद लाभांस दिएकोमा यस वर्ष भने घटाएको हो। 

Tata
GBIME
Nepal Life

कम्पनीले गत आर्थिक बर्षमा अघिल्लो आर्थिक वर्षको नाफाबाट प्रति शेयर ११०० रुपैयाँ र रजत जयन्तिको अवसरमा थप प्रति शेयर १७० रुपैयाँ विशेष नगद लाभांस दिएको थियो। यस वर्ष भने नियमित भन्दा पनि कम लाभांस दिएको हो।
 
गत वर्ष कम्पनीले ९९ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो। तर अघिल्लो वर्ष ९६ करोड ५२ लाख रुपैयाँ नाफा गर्दा पनि लाभांस भने प्रति शेयर ११०० रुपैयाँ दिएको थियो। यस वर्षको लाभांस विगत ७ वर्षयताकै कम हो। कम्पनीको चुक्ता पूँजी ९ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ९८ करोड रुपैयाँ रहेको छ। 

नाफा बढ्दा पनि कम्पनीले लाभांस भने प्रति शेयर ५७० रुपैयाँले घटाएको छ। जबकी नाफा तीन करोड ४२ लाख रुपैयाँले बढेको छ। कम्पनीले दसैंपछि नै लाभांस वितरण गर्ने छ। कम्पनी कात्तिक ६ गते साधारणसभा गर्ने छ।

एक वर्षको अवधिमा दोस्रो बजारमा कम्पनीको ५ हजार ६२५ कित्ताको एक करोड ४८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। एक वर्षको औषत मूल्य २६ हजार ४८३ रुपैयाँ रहेको छ। यसै अवधिमा कम्पनीको अधिकतम ३० हजार ६०० रुपैयाँ र न्युनतम २२ हजार १५१ रुपैयाँसम्म कारोबार भयो। बिहीबार भने २४ हजार ६६३ रुपैयाँमा कारोबार भैरहेको छ।