भारतीय मिडियाको दावी: युएई सरकारले दाउदको १ खर्ब सम्पत्ति जफत गर्यो

२०७३ पुष २० गते १३:३७

TATA
GBIME

युएई सरकारले डि कम्पनिका प्रमुख दाउद इब्राहिमको १ खर्ब ५० अर्ब बराबरको सम्पत्ती जफत गरेको छ । सन् १९९३ मा मुम्बईमा भएको बम हमलाका योजनाकार मानिएका दाउदले युएईमा होटल, सपिङमल, हाउजिङमा लगानी गरेको भारतले दावी गर्दै आएको छ ।
 
एविपिन्युजका अनुसार भारतीय राष्ट्रिय सल्लाहकार अजित डोवालको युएई भ्रमणमा उनले दाउदको सम्पत्ति जफत गर्न आग्रह गरेका थिए।
 
गत वर्ष भारतका प्रधानमन्त्री नरेन्द्र मोदी युएई भ्रमणमा जाँदा दुबइमा रहेके दाउदको सम्पत्तिको सुची युएई सरकारलाई बुझाएको थियो। भारतको सुची अनुसार युएई सरकारले जाँच गरेर फेला परेको सम्पत्ती जफत गरेको दावी गरिएको छ।
 
मुम्बई हमलामा भारतले उनलाई मोष्ट वान्टेड सूचीमा राखेर खोजी गरे पनि फेला पार्न सकेको छैन ।

आपराधिक समूह डी कम्पनिका मुखिया दाउद पाकिस्तानमा लुकेर बसेको भारतीयपक्षले दावी  गर्ने गरेको छ भने पाकिस्तानले अस्विकार गर्दै आएको छ। दाउदको दुश्मन छोटा राजनलाई भारत सरकारले पक्राउ गरिसकेको छ।
 


Sunrise Bank