नबिल इन्भेष्टमेन्टका सिइओ भन्छन्- सेयरको करेक्सन स्वभाविक, अब ठूलो उतार चढाव आउँदैन

बिजमाण्डू
२०७३ भदौ ७ गते ००:०० | Aug 23, 2016
नबिल इन्भेष्टमेन्टका सिइओ भन्छन्- सेयरको करेक्सन स्वभाविक, अब ठूलो उतार चढाव आउँदैन
बजार १८८१ अंकको उच्चतम बिन्दुमा पुगेपछि केही करेक्सन आएको हो अहिले । दिनदिनै बजार घट्न थालेपछि साना लगानीकर्ताहरुको कन्फिडेन्सन घटेकोजस्तो देखिन्छ ।
 

Tata
GBIME
Nepal Life
 
 

प्रविणरमण पराजुली

प्रमुख कार्यकारी अधिकृत
नबिल इन्भेष्टमेन्ट बैंकर्स

बजार दुई सय अंकले माथि जाने र तल झर्ने भनेको सामान्य प्रकृया हो । कारोबार रकम नै घट्नु भनेके चै कन्फिडेन्सकै अभाव हो । मलाई लाग्छ बजार केही समय स्टेवल बस्छ अब ।
 
अहिलेको बेला करेक्सन आवश्यक भने थिएन । किनभने अधिकांस सुचीकृत कम्पनीले राम्रो नाफा गरेका छन् । अबको चार/पाँच महिना भने रिटर्न घोषणाको बेला हो । यस्तो बेलामा किन करेक्सन भयो मलाई पनि अचम्म लाग्छ । अहिले ठूलो करेक्सन आवश्यक थिएन ।
 
बजार बढेजस्तै घटाइलाई पनि सामान्य रुपमा लिनु पर्छ । बजारमा बुल आएपछि केही करेक्सन पनि हुन्छ भन्ने बुझ्नु पर्छ । बजार बढ्ने/घट्ने भयो भने स्थायित्व आउँछ ।
 
हामीजस्ता संस्थागत लगानीकर्ताहरुले अहिले बजारलाई सामान्य रुपमा हेरिरहेका छौं । ठूलो परिमाणमा बिक्री गरिरहेका पनि छैनौं । हामीले नर्मल्ली लिइरहेका छौं । सर्वसाधारणको कन्फिडेन्स लुज भएको हुन सक्ला तर हामीले भने यसलाई सामान्य ठान्छौं ।
 
मलाई लाग्छ अब बजारमा स्थायित्व आउँछ । अब बजार धेरै बढेर निकै माथि पुग्ने पनि हुँदैन । अहिलेको भन्दा अझ धेरै घट्ने पनि हुन्छ जस्तो लाग्दैन । बजारको साइज धेरै बढिसकेकाले अब ठूलो अन्तरको बृद्धि र गिरावट दुबै आउँदैन ।
 
अहिले हामी नकारात्मक हुनु पर्ने केही पनि देख्दिन । बजारको बृद्धिलाई देशको अर्थतन्त्रले पनि सपोर्ट गर्नु पर्छ । हामीले अब बजारमा केही करेक्सन आउँछ भनेर विश्लेषण गरिरहेका थियौ तर अलिक छिटो करेक्सन आयो । लाभांसहरु घोषणा भएपछि आउनु पर्ने थियो तर चार/पाँच महिना छिटो करेक्सन आयो ।