स्थिर सुन बजारमा अचानक हलचल, बुधवार तोलामा छ सय रुपैयाँको वृद्धि, चाँदी पनि चम्कियो

बिजमाण्डू
२०६९ माघ ३ गते ००:०० | Jan 16, 2013
स्थिर सुन बजारमा अचानक हलचल, बुधवार तोलामा छ सय रुपैयाँको वृद्धि, चाँदी पनि चम्कियो


काठमाडौं । केही सातादेखि स्थिर सुन बजारमा माघ लागेपछि चमक आएको छ । बुधवार एकै दिन सुन प्रतितोलामा छ सय रुपैयाँले बढेर कारोवार भएको छ । बुधवार नेपाल सुन चाँदी व्यवसायी संघले सुनको मूल्य प्रतितोला ५९ हजार रुपैयाँ तोकेको हो । केही अघिल्लो साताको सुरुदेखि नै सुन साढे ५८ हजार वरिपरि कारोवार हुँदै आएको थियो ।
मंगलवार प्रतितोलामा ५८ हजार चार सय रुपैयाँमा कारोवार भएकोमा बुधवार छ सय रुपैयाँले बढेर ५९ हजार पुगेको हो । सुन मात्रै नभएर बुधवार चाँदीमा पनि भारी वृद्धि भयो । चाँदी २१ रुपैयाँ बढेर तोलाको ११३० पुगेको हो । अन्तराष्ट्रिय बजारमा पनि मूल्य वृद्धि भएको छ आन्तरिक बजारमा माघ सुरु हुनासाथ बिहेको साइत सुरु भएको छ, यसले पनि सुनको माग बढेको छ, त्यही कारण बुधवार सुनको मूल्यमा भारी वृद्धिको हो, यससम्वन्धी एक जानकारले भने ।
बुधवार भारुको तुलनामा डरलको अवस्था अझ मजबुत भएको छ यसले आगामी केही दिन सुन अझै महँगो हुने सम्भावा छ । मंगलवारको तुलनामा बुधवार भारु बलियो बने पनि त्यसको असर धेरै लामो समय टिकेन । बुधवार अन्तराष्ट्रिय बजारमा डलर बलियो भएको छ भने भारु कमजोर भएको छ, त्यसको असर नेपाली बजारमा भोलि मात्र देखिनेछ । डलर मंगलवारको तुलनामा भने बुधवार  ५० पैसा तल कारोवार भएको थियो । मंगलवार प्रतिडलर ८७.३० रुपैयाँमा कारोवार भएकोमा बुधवार घटेर ८६.८० रुपैयाँमा कारोवार भएको थियो ।

Tata
GBIME
Nepal Life