मेगाको रुपन्देहीमा पनि ब्रान्चलेस बैंकिङ्ग, चैतसम्म ४५ स्थानमा सेवा विस्तार गर्ने योजना

बिजमाण्डू
२०६९ पुष २९ गते ००:०० | Jan 13, 2013
मेगाको रुपन्देहीमा पनि ब्रान्चलेस बैंकिङ्ग, चैतसम्म ४५ स्थानमा सेवा विस्तार गर्ने योजना

काठमाडौं । मेगा बैंक नेपालले रुपन्देहीमा एकैदिन दुईवटा शाखारहित बैंकिङ सेवा विस्तार गरेको छ । बैंकले रुपन्देहीको दयानगर र फर्साटिकरमा एकैदिन शाखारहित बैकिङ सेवा विस्तार गरेको हो । यो मेगाको २० औं र २१ औं शाखारहित बैंकिङ सेवा हो । कार्यक्रममा मेगा बैंकका माइक्रो बैंकिङ प्रमुख युवराज गुरागाईंले आर्थिक समावेशिताको माध्यमबाट गाउँ गाउँका जनतालाई सशक्तिकरण गर्ने लक्ष्य अनुरुप रुपन्देहीको गाउँसम्म सेवा विस्तार गरेको बताए ।
शाखारहित बैंकिङ सेवा विस्तार भएपछि बैंकको माइक्रो बैंकिङ्ग कार्यक्रममार्फत ग्रामीण क्षेत्रका बासिन्दाको आर्थिकस्तर उकासिनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो । मेगा बैंकले यसै महिना बाँकेको सितापुर, कैलालीको चौमाला र दाङको रामपुरमा यो सेवा विस्तार गरेको छ ।
मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले मध्यम र न्यून वर्गका सर्वसाधारणलाई माइक्रो बैंकिङ निकै उपयोगी बनेको बताउनुभयो । आगामी चैत मसान्तसम्म देशका ४५ वटा स्थानमा यो सेवा विस्तार गर्ने लक्ष्य रहेको जानकारी गराउँदै उनले निकट भविष्यमै झापाको खुदुनाबारी र गोल्धाप, सुनसरीको पानमारा र चतरा, मोरङको टंकीसिनाबारी र अमैबेला, धनुषाको धनुषाधाम र सबैलामा यो सेवा विस्तार हुने बताए । उनले चितवनको कोलुवा र अमरापुरी, बाराको सिमरा, सिन्धुपाल्चोकको मेलम्ची, नवलपरासीको दलदले, रुपन्देहीको तामनगर, कास्कीको पुम्दीभुम्दी र बागमारा, रसुवाको कालिकास्थान, अर्घाखा“चीको दिवर्न, वेङ्ला, दाङको नारायणपुर तथा कैलालीको फूलबारी लगायतका ठाउ“मा यो सेवा विस्तार गर्ने जानकारी दिए ।

Tata
GBIME
Nepal Life