कम्पनीले विश्वको इलेक्ट्रोनिक्स बजारलाई रिसर्च गरेर प्रिमियम मूल्यमा ल्याएको जनाएको छ।
१३.३ इन्चको डिस्प्ले भएको 'एमआई नोटबुक एयर' नामको यो ल्यापटपमा विन्डोज १० अपरेटिङ सिस्टम राखिएको छ। चीनमा यसको मूल्य पाँचहजार युआन तोकिएको छ।
कम्पनीले अझ सस्तोमा सिम्प्लिफाइड भर्सनका रुपमा तीनहजार पाँचसय युआनमा पनि पाइने बताएको छ। एप्पलको जस्तै लुक्स देखिने यो ल्यापटप लेनोभो डेल एचपी लगायतका कम्पनीका ल्यापटपको जस्तै स्पेसिफिकेसन रहेको कम्पनीले जनाएको छ।
कम्पनीले सवैभन्दा धेरै स्पेसिफिकेसन भएको, टिकाउ र कम मूल्य भएको ल्यापटप भनेर चिनाउने जनाएको छ।
शाओमिले चाँडै नै कम मूल्य पर्ने रेडमी स्मार्टफोन पनि सार्वजनिक गर्ने जनाएको छ। मिडिया टेक्स फ्लागसिप प्रोसेसर हिलियो एक्स २५ भएको यो स्मार्टफोनलाई १५ सय युआन र दुइहजार युआनका वीच विक्रि गर्ने कम्पनीले जनाएको छ।
यद्यपि चीनमा अगस्ट २ मा सार्वजनिक हुने यो ल्यापटप विश्वमा कुन समयमा पाइन्छ भनेर सार्वजनिक गरिएको छैन्।