ग्यास कोटा कटौतीको विरोधमा ग्यास उद्योग संघ, मंगलवार भेला, हड्तालमा उत्रिने निर्णय

बिजमाण्डू
२०६९ पुष २४ गते ००:०० | Jan 8, 2013
ग्यास कोटा कटौतीको विरोधमा ग्यास उद्योग संघ, मंगलवार भेला, हड्तालमा उत्रिने निर्णय

काठमाडौं । विनाकारण ग्यासको कोटा कटौतीको विरोधमा ग्यास उद्योग संघ हड्तालमा उत्रिने निर्णय गरेको छ । दुईथरी सिलिन्डर बनाउन असहयोग गरेका प्रमुख तीन कम्पनीको कोटा कटौती गरेपछि संघको सोमबार बसेको बैठकले हड्तालमा उत्रिने निर्णय गरेको हो । ‘निगमका उच्च पदमा बसेका व्यक्तिले दादागिरी देखाएपछि हड्तालमा जानुको विकल्प भएन,’ संघका सदस्य राजेन्द्र डल्लाकोटीले भने । संघले निगमको निर्णय विरुद्धमा आन्दोलनमा जाने निर्णयलाई सदर गराउन मंगलबार राष्ट्रिय भेला डाकेको छ । आज दिउँसो तीन बजे लाजिम्पाटस्थित सांग्रिला होटेलमा हुने भेलाले हड्तालमा जाने निर्णयलाई सदर गर्ने उनले बताए ।
‘निगमले गरेको दादागिरीको विरुद्धमा ग्यासको कारोबार ठप्प पार्छौ,’ उनले भने, ‘निगमले परिवन्धमा पारेकोले बाध्य भएर यो निर्णय गर्नुपरेको हो ।’ हड्तालमा जाने विषयमा संघको सोमबारको बैठकमा दुईथरी मत रहेको थियो । राम्रा ग्यास उद्योगीले भने हड्तालमा जान नहुने भन्दै अन्य विकल्प खोज्नुपर्ने बताएका थिए । तर धेरै व्यवसायीले कोटा कटौतीको मुद्धासँगै कमिसन र अन्य सुविधाको माग समेत अहिलेनै लिएर जानुपर्नेमा दबाब दिएका थिए ।

Tata
GBIME
Nepal Life